Shittalpati
पाल्पामा थप ४६ संक्रमित कोरोनामुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २७ जना महिला र १९ जना पुरुष कोरोनामुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार १ सय ५३ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा १६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३३ जनाको परीक्षण गरिएकोमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४३ जनामा परीक्षण गरिएकोमा ११ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ५ सय ६८ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । जिल्लामा १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update