Shittalpati
पाल्पामा सोमबार ५९ जना संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३५ जना महिला र २४ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २४, माथागढी गाउँपालिकाका २,रामपुर नगरपालिकाका ८, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१,रैनादेवी छहरा गाउँपालिका,रम्भा गाउँपालिकाका ४/४, बगनासकाली गाउँपालिकाका ७ र तिनाउ गाउँपालिकाका ८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५२ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ८ जना र एन्टिजेन परीक्षणमा १९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ४८ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २ र तानसेन नगरपालिकाका ६ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १५ पुगेको छ । जसमा २ हजार २ सय ९९ महिला र ३ हजार ७ सय १६ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ५५ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिका,रम्भा गाउँपालिकाका २/२,बगनासकाली गाउँपालिकाका ४, र तानसेन नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ५ सय १४ पुगेको छ । जसमा १ हजार ८ सय १२ जना महिला र १ हजार ७ सय २ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । जिल्लामा २ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update