Shittalpati
रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री

गुल्मी, जिल्लाको वामीटक्सारबाट प्रशारित सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । रेडियोले कोरोना महामारीबाट शिक्षा क्षेत्र पनि प्रभावित भएकाले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सुरक्षाका लागिस्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।

देश विदेशबाट सहयोग संकलन गरी रेडियोले नगरभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक र विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेकाले विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको रेडियोका सचिव सुन्दर प्रधानले बताए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले विपदको समयमा रेडियो आफै सकंटमा रहेर पनि समुदायप्रति चासो देखाई सहयोग संकलन गर्नु प्रशंसनिय कार्य रहेको बताए ।

रेडियोका सल्लाहकार विष्णु कुमारी सापकोटा र अग्नीधर लोहोनीले ग्रामीण क्षेत्रमा सुचना र संवाहक बनेका सामुदायिक रेडियोहरुले विपदको यो समयमा आफै संकटमा रहेर पनि सहयोग संकलन अभियान सञ्चालन गरी विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको बताए ।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर रेडियोले अनुकरणीय कार्य गरेको भन्दै धन्यवाद दिए ।

रेडियोले सहयोगीदाताबाट सकंलन भएको ४ लाख ९० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो । नगरभित्रका ९ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुलाई अक्सिमिटर, थर्मल गन, माक्स, सेनिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको रेडियोले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा रेडियोका सल्लाहकारहरु हरिनारायण सापकोटा,गोपिकृष्ण खरेल,कोषाध्यक्ष अर्जुन सापकोटा,सह– कोषाध्यक्ष विष्णु प्रसाद आचार्य,सदस्य मोहन घिमिरे, गोपालमणी सापकोटा,लोकनाथ काफ्ले,रेडियोका स्टेशन म्यानेजर प्रकाश घिमिरे मुसिकोट नगरपालिकाका लेखा सहायक बालकृष्ण गौतम लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु एवं रेडियो सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । रेडियो सञ्चालक समितिका उपाध्यक्ष विवेक काफ्लेको अध्यक्षता समितिका स–सचिव कौरव खत्रीको सञ्चालनमा वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update