Shittalpati
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे)

लालकाजि शाक्य

बर्षको एकपल्ट आउने श्रावण महिनाको कृष्ण चर्तुदशिमा पर्ने घण्टाकर्णलाई दोबाटोमा राखेर बाटो छेकि जगात अथवा चन्दा असुलने गरिन्छ । समय समय भगडा , बादबिबादपनि हुन्छ । यो पर्वलाई अरु जातिहरुले नेवार संस्कृति संग जोडिदिन्छ । वास्तवमा भन्ने हो भने नेवार समुदायमात्र नभई सम्पुर्ण नेपालिले मान्नुपनेै चाड हो घण्टाकर्ण जस्ले नेपालिलाई खान भनि हा हा हुँ हुँ गदैै गाउका गाउँ सबै जनालाई खान थाले नेपालिहरु हृष्टपुष्ट हुने गाला राता हुने भएककोले नेपालमा आएर हुलदंगा मच्चाई सर्वसाधारणलाई मारेर खान थाले यो कुरा । राजामा जाहेर भयो । राजाद्धारा प्रजाको रक्षा गर्न कयौ सेना पठाए । तर बलिया घण्टाकर्णले सेनालाइनै समाएर खान थालेपछि भागाभाग भए । अरुपनि गाउँछाडि भाग्न थाले । भन्निछ कुनै तान्त्रिकले भ्यागुताकोरुप लिएर घण्टाकर्ण आउने बाटोमा घाम टापेर बसेका थिए ।घण्टाकर्ण हा हा हु हु गर्दौ जमिन नै र्थकाएर आए सबै मानिस जनावर डराएर भागे तर भ्यागुता भागेन र बाटो पनि छाडेन । कति कोसिस गरे घण्टाकर्णले तर भ्यागुता तसमस गरेन झन गजघम्म गरेर बसे भोकले आतुर भएको घण्टाकर्णको रिस भयंकर भयो भ्यागुतासंंग बादबिबाद भयो भ्यागुताले घण्टाकर्णलाई जिस्काएर आफुलाई खान भने । रिसको झोकमा भ्यागुतालाई छोप्न खोज्दा उफ्रेर टाढा बसे एवं रितले खेलाई खेलाई ठुलो ढापको बिचमा भ्यागुता उफ्रेर बस्यो । अहंकारि घमण्डि घण्टाकर्णले केहि सोच बिचारै नगरि ढापमा खुट्टा हाले ढापमा बिस्तारै ढसिन लागे यसै गरि अर्को खुट्टा ,हात पनि राखेर बल गरेर उम्कीन खोज्दा झनभन्दा झन धापमा भासिदै गएर घण्टाकर्णको मृत्यु भयो यसरि सम्पुर्ण प्राणिको रक्षा गरेको कुरा एक कान दुई कान हुदै राजाकाँहा यो समाचार पुग्यो । लावा लश्कर सहित त्यस ठाउँमा राजा आईपुगे । राजाले सबै कुरा बुझेपछि घण्टाकर्णलाई सेना लगाई निकालेर दोबाटोमा लगेर राखे ताकि सबैले हेरोस । थाहा पावोस । घण्टाकर्ण मरेको थाहा पाएपछि समपुर्ण नगरबासि आएर हेरे र विश्वास गरे त्यत्रो अजंगको शरिरलाई कसरि व्यबस्थित गर्ने सबैलाई चिन्ता भयो अन्तमा त्यहिँ जलाउने निर्णय गरे । जलाउन धेरै दाउरा चाहिने र खर्चपनि धेरै लाग्ने भएपछि राजाले उर्दि लगाए त्यो बाटोमा हिडने जो कोहिले केहिन केहि दिनुपर्ने नियम बनाए । त्यसपछि थुप्रै दाउरा धन जम्मा भएपछि घण्टाकर्णलाई जलाएर खरानि बनाए ।   राजाले भ्यागुतालाई सम्मान गर्नको लागि जनैपुर्णिमाको दिन चुने । त्यहि कारणले होला जनै पुर्णिमाको दिन घरमा पाकेको मिठा परिकारहरु गोठ, भरेङ्ग,ढोका जाहाँ जहाँ घरमा भ्यागुता आउने सम्भवना छ । त्यहा त्यहा खाना राख्ने चलन अझैसम्म चलिरहेको छ । यो सम्पुर्ण नेपालिको चार्ड हो

यो सम्पुर्ण नेपालिको चाड हो । कुनै सम्प्रदायको मात्रै होइन । घण्टार्कणलाई घण्टाकर्ण किन भनियो भन्ने कुरा अक्सर थाहा नै छ । कानमा ठुलो घण्टा झुंडयाउने गरेकोले घण्टाकर्ण भनिएको हो । यसलाई कसैले गाठेमंगलपनि भन्दछ भने कसैले गांठेमगर वा गठामुग चह्रे पनि भन्ने गरिन्छ । समपुर्णले मान्ने चार्ड भएपनि पछि आएर बजार तिरका नेवारहरुलेमात्र मान्ने गर्न थाले । पहिला तानसेन बजार भरिनै दोबाटो ,चौबाटो ,टोलटोलमा राख्ने चलान थियो । अहिले बिस्तारै हराउदै गयो । राणाकालमा जब राणाहरु आएर घण्टाकणलाई चन्दा स्वरुप केहि पैसा दिदैंन्न घण्टाकर्ण ढाल्न पाउँदैन्न । जगात तिरेपछि राणाहरु गएपछि घण्टाकर्ण धालेर नगर बहिर लगेर जलाईन्छ । फालिन्छ ,कैलाशनगर देखि बर्तुङ्ग सम्म घण्टाकर्ण (गठामुग) राख्ने चलन समय अनुसार हराउँदै गयो । यस्लाई नेवारको संस्कृति मात्र नठानेर सम्पुर्ण नेपालिले राष्ट्रिय चार्डको रुपमा मनाउनुपर्छ । भ्यागुता जस्ले घण्टाकर्णमार्ने त्यसको पनि पुजा र संरक्षण गर्नुपर्दछ । किसानको खेत बारिमा लाग्ने किटाणु खाएर बारिको रक्षापनि गर्दछ । डाकरहरुलाई चिरफार गर्न नभई नहुने जिव हो भ्यागुता ।

आजकैदिन नेवार समुदायले नयाँ घर बनाउँदा वा पुरानो घर किनेर बसाई गरेको छ भन्ने ! शान्तिपुज वा (वौ वियगु) भुत पन्छाउने भनेर रातभर घरमा पुजा पाठ गरेर नगरको प्रमुख देविदेवताको मन्दिर दोबाटो चौबाटोमा टपरिमा च्युराको ढुटो ,कालो भट्ट,पाँच रंगको कपडा भैरबको फोटो अदुवा , छोयला राखेर ,डमरु बजाएर समुह बनाएर मेण्टोल बालेर डमरु बजाएर जानुको अर्थ: टपरिमा राखेको बस्तु जो भुतको नाममा छुटयाइएको हुन्थ्यो । त्यसमा भुत आएर बस्ने भएकोले त्यो टपरि गह्रुगो हुन्थ्यो । डगुरेर छिटो सम्बन्धित ठाउँमा पुर्‍याउन पथ्र्यो । भुत पछि लागेर आउँदा , आउादा ,तर्साउने भएरनै डमरु नबिसाई एकनासले बजाई हिडिन्छ । बोकेको (बौ) सामान सम्बन्धित ठाउँमा राखेपछि पछाडि नहेरिकन घरमा आएर हात खुट्टा धोएर चोखो भएर भित्र पस्नुपर्छ । त्यसपछि घरधनिले कटौरामा रक्सी र अलिकति छोयला दिने र्गछन । यो जति ठाउमा वलि छोडिर र्फकिन्छ त्यति पटक नै चोखो भएर रक्सी र छोयला खुवाइन्छ । रातको समय टाढा सम्म (वौ) वलि छोडेर आएपछि थकाई लाग्ने भएर यस्तो गरेको हुनुपर्छ । मेरो अनुरोध यति मात्र हो । यो पर्वलाई नेवारसंगमात्र जोडेर नहेरियोस । यो पर्व समपुर्ण नेपालिको हो । यो दिन तन्त्र मन्त्र गरे भने छिट्टै सिद्धी प्राप्त हुने जन विश्वास छ । घण्टाकर्णको रात तान्त्रिक बिद्या जान्ने र सिक्ने दुबैले राति पाला बालेर पिपलको बोटमा पुजाआजा गरिन्छ । लेखकको प्रत्यक्ष अनुभव हो यो । घण्टाकर्णको रात र लक्ष्मी पुजाको मन्त्र सिद्ध गर्ने तान्त्रिकको चलन नै हो भनेमा कुनै फरक खादैन । घण्टाकर्णको राति सिद्ध गरेको मन्त्र भुत पिचास बोलाई वसमा राखन पुजा गरिन्छ भने । लक्ष्मी पुजाको रात परिवारको सुख समृद्धिकोलागि मन्त्र सिद्ध गरिन्छ ।

घण्टाकर्णको राति घरमा चोखो नितो गरेर समय वंजि खाने चलन अझै पनि तानसेनमा कसै – कसैको घरमा छ । काठमाण्डु पाटन, भक्तपुर ,बनेपा ,सानेपा , धुलिखेल ,किर्तिपुर आदि ठाउमा यसदिन साँझ समयवजि खाने चलन हाल सम्म पनि छ । यो चलन घण्टाकर्ण मरेको खुसियालिमा खाने चलन हो ! मानौ वडादशैको दिन भगवतिले मैहिषासुर मारेपछि जसरि दुनियाले जयजयकार गरि खुसि मनाईन्छ मिठो परिकार टिका थाप्न आउनेलाई खुवाईन्छ । गाठेमंगल पनि त्यसतै हो । वडादशै देवि भगवतिले महिषसुर मारेरे प्रसिद्ध भयो । गाठेमंगल (घण्टाकर्णलाई ) जावो सानो जिव भ्यागुताले मारेकोले अस्तित्व नै भएन । यदि देवि देवता वा राजा , महाराजाले घण्टाकर्ण मारेको भए यस्को ठुलो महत्व हुने थियो तर अभागी भ्यागुताको कुनै महत्वनै भएन । भ्यागुताको विडम्वना ।

भ्यागुतालाई जनै पुर्णिमाको दिन खाजा खुवाउनेलाई पात्रमा व्याँ (भ्यागुता ) जा (भात) न : के (खुवाउने) भनेर प्रष्टरुपमा किटान गरेर लेखेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update