Shittalpati
लागू पदार्थ र अवैध तस्करी

विश्वमा लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरेको छ  । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या अहिले विश्वकै लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको हो ।
टोलछिमेकमा अवैधरुपमा रक्सी बिक्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ । तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ । नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भीररुपमा यसलाई लिनुपर्दछ । अफिम, मर्फिन, हेरोइन, डाइजेपाम, निट्राजेपाम गाँजा, भाङ शिथिलात्मक, कोकिन, एम्फेटामिन, मेथाफेटामिन उत्तेजनात्मक र एलएसडी, मेसकालिन, म्याजिक मसरुम भ्रमात्मक लागू औषध हुन् । नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीहरूको संख्या एक लाख रहेको आकलन गरिएको छ । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् । स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको छ । लागू औषध नियन्त्रण गर्न सुरक्षा निकायले गरेका प्रयासमा अभिभावक, सामाजिक संस्था, आम नागरिकको सकारात्मक भूमिका र सहयोग अत्यावश्यक हुन्छ । अब जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउन पनि आवश्यक छ । यस किसिमको परिस्थितिमा प्रथमतः दुव्र्यसनीहरूलाई सल्लाह र उपचारको आवश्यक हुन्छ । क्षणिक आनन्दमा फसेर जिउँदो लास बनी परिवार र समाजबाट तिरस्कृत भई अमूल्य जीवनलाई नाश नगर्नु होस् ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update