Shittalpati
सिद्धिचरणलाई सम्झँदा

युगकवि सिद्धिचरण श्रेष्ठको आज जन्मजयन्ती । उनको जन्मदिनका अवसरमा हरेक वर्ष देशमा साहित्यिक समारोहरु हुने गर्दछन् । यस वर्ष भने कोरोना महामारीका कारण भौतिक उपस्थितीमा कार्यक्रमहरु नभए पनि भर्चुअलमार्फत भने साहित्यिक संघसंस्थाहरुले सिद्धिचरणलाई सम्झना गर्दै छन् ।
नेपाली साहित्य क्षेत्रमा सिद्धिचरण श्रेष्ठले पु¥याएको येगदान अतुलनिय रहेको छ । जसका कारण साहित्यकार तथा साहित्य संघसंस्थाहरुले जन्मजयन्तीका अवसरमा उनलाई विशेष किसिमले सम्झ्ने गर्दछन् । वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणको ८० वर्षको उमेरमा २०४९ जेठ २२ गते निधन भएको थियो । उनको निधन भए पनि नेपाली समाजले योगदानको भने सधैव सम्मान गर्ने गरेको छ । यो आफैमा सकारात्मक छ । नेपाली साहित्यमा सिद्धिचरणको स्थान महत्वपूर्ण छ । नेपाली साहित्यजगतका सुविख्यात कविहरूमध्ये सिद्धिचरण एक हुन् । उनको कविताशिल्पको अन्तिम खोज मानव हो । उनका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ, समाज सुधार्ने सामथ्र्य छ । उनका कवितामा देशप्रेम भरिएको छ । कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह जीवन्त छ । उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ । प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको वैशिष्ट्य हो । नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर छन् । नेपाली साहित्यमा महाकवि देवकोटाजस्तै स्वच्छन्दतावादी कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कवितालेखन अन्तर्गत क्रान्ति शब्दको प्रयोग गरेबापत उनलाई वि.सं. १९९६ सालमा १८ वर्ष कैद सजाय र सर्वस्वहरणको घोषणा गरिएको थियो । राणा शासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पु¥याएका थिए । यसर्थ नेपाली साहित्य क्षेत्रमा उनले पु¥याएको योगदानको सबैले अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update