Shittalpati
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग

पाल्पा,पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।

आफ्नो जिल्लामा अक्सिजन सहित स्वास्थ्य सामग्रीको अभाव सिर्जजना भएका खबरले अमेरिकामा बसेर काम गर्ने नेपालीहरुको मन पिरोेलेपछि उनीहरु सहयोग संकलन अभियानमा जुटेका छन् । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अक्सिजन सहित स्वास्थ्य सामग्री अभावले विरामीको उपचारमा समस्या भएको खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर स्वास्थ्य सामग्री पठाउन लागेका हुन् । पाल्पाली संगम अमेरिकाको संयोजनमा सहयोग अभियान सञ्चालनभएको हो ।

गृह जिल्ला पाल्पामा कोरोनाको महामारीबाट पीडितका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरेर पठाउनका लागि सहयोग अभियान सञ्चालन गरेको पाल्पाली संगमका अन्तर्राष्ट्रिय संयोजक सतीश चापागाईँले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १० हजार अमेरिकी डलर रकम संकलन भइसेको छ । थप अन्य संघसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको संयोजक चापागाईले बताए । अभियानमा अमेरिकामा रहनुभएका पाल्पालीहरू महेश भट्टराई, धर्म आचार्य, सतीश चापागाई, डा. सन्दीप पाण्डे, सागर घिमिरे, मधु नेपाल, डा. रुद्र अर्याल, सुमन पराजुली, पर्शु नेपाल, टेक राज ज्ञवाली, महेन्द्र पाण्डे, कमल खनाल, लक्ष्मण पौडेल, ज्याक काफ्ले, शिव काफ्ले लगायतले संयोजन गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update