Shittalpati
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते

पाल्पा (माथागढी), माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।

विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेकाहरुले कोरोना जितेका छन् । यहाँ पीसीआर विधिद्वारा परीक्षण गर्दा १ सय ९८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गाउँपालिकामा अहिलेसम्म एक हजार ६ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा २ सय २२ जना संक्रमित भएका हुन् । अहिले सम्म गाउँपालिकामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाई सकेका छन् भने ८४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेहरु पनि बढ्दै गएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update