Shittalpati
संक्रमितको घरमै अक्सिजन पुर्‍याउदै कालिगण्डकी गाउँ सरकार

पुरन राजकोटी मगर
गुल्मी(पुर्तिघाट), जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्‍याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।

गाउँपालिकावासीहरू कोरोना संक्रमण भई स्वास्थ्य उपकरणका अभावमा समस्यामा नपरून् भन्ने उद्देश्यले गाउँ सरकार कोरोना संक्रमितहरूको घरमै पुगी चेक जाँचसँगै स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको छ । वैशाख २४ गते वडा नं ६ बरल्बामा गरिएको एन्टिजेन परीक्षणमा ७७ वर्षका एक वृद्धलाई कोरोना पुष्टि भएपछि उनको स्वाशप्रस्वासमा समस्या देखिएपछि गाउँपालिकाले उनकै घरमा अक्सिजन पु¥याइदिएको छ । ति संक्रमित वृद्ध पालिकाले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसनसम्म आउन सक्ने अवस्था नभएपछि गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाको पहलमा बिरामीलाई घरमै अक्सिजन पु¥याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले जानकारी दिए । संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूको लागि आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पु¥याउन थालिएको गाउँपालिका अध्यक्ष बेदबहदुर थापाले बताए । ‘स्वास्थ्य उपकरणको अभावमा गाउँवासीलाई मर्न दिँदैनौँ,’ उनले भने । ‘जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । हामी त्यसैअनुसार काम गरिरहेका छौँ ।’ वर्तमान अवस्थामा संक्रमित भएकाहरूको मनोबल उच्च बनाउनु आवश्यक रहेको अध्यक्ष थापाको भनाइ छ ।
                   

      किट अभाव

गाउँपालिकामा कोभिडको परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव देखिएको छ । पहिलो चरणमा उपलब्ध ५० एन्टिजेन कीट सकिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला अस्पताल र अन्य निजी अस्पतालहरुमा पनि खरिदको लागि पहल गर्दा कतैबाट पनि उपलब्ध हुन नसकेको स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले बताए । किटको अभाव धेरै कोरोना शंकास्पद विरामीहरुको परीक्षणमा ढिलाई भएको उनको भनाई छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update