Shittalpati
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते

सीमा भट्टराई
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १५, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका एक÷एक, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकाका २÷२ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार एक सय ३७ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय २६, रामपुरका २ सय ८८, पूर्वखोलाका २ सय ६६, रैनादेवी छहराका १ सय ३४, रम्भाका ९६, बगनासकालीका १ सय ५८, तिनाउका ७८, रिब्दीकोटका ८४, निस्दीका १ सय १९ र तानसेनका ७ सय ८८ जना संक्रमितले कोरोना जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय १२ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४२ जना सहित ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ५, रामपुरका ३,रैनादेवी छहराका १२, पूर्वखोलाका १, रम्भाका ५,बगनासकालीका ८, तिनाउका ३, रिब्दीकोटका ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ८ सय ५९ पुगेको छ । जसमा ८ सय ९५ जना महिला र एक हजार ९ सय ६४ जना पुरुष रहेका छन् । यस्तै शनिबार गरिएको एन्टिजेन परीक्षणमा २८ जना नयाँ संक्रमित देखिएका छन् । ५ महिला र २३ पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा पूर्वखोलाका २०, रम्भा ७ रामपुरका १ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म २ सय ४५ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ९ सय १९ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update