Shittalpati
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ७, रामपुर नगरपालिकाका ३,माथागढी गाउँपालिकका ३, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका २, तिनाउ गाउँपालिकाका १ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार एक सय १४ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय २५, रामपुरका २ सय ८८, पूर्वखोलाका २ सय ६६, रैनादेवी छहराका १ सय ३२, रम्भाका ९६, बगनासकालीका १ सय ५६, तिनाउका ७६, रिब्दीकोटका ८३, निस्दीका १ सय १९ र तानसेनका ७ सय ७३ जना संक्रमितले कोरोना जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका २१ जना सहित ६९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका २,रैनादेवी छहराका ३२,रम्भाका ७, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७ पुगेको छ । जसमा ८ सय ५८ जना महिला र एक हजार ९ सय १९ जना पुरुष रहेका छन् । यस्तै शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा २९ जना नयाँ संक्रमित देखिएका छन् । १३ महिला र १६ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १५, बगनासकालीका ९, रम्भा १,पूर्वखोला र माथागढीका २÷२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म २ सय १७ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ४६ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ३४ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ६१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update