Shittalpati
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै

पाल्पा,पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गर्न थालिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले अक्सिजन सहित कोभिड सेवा विस्तार गर्न लागेको हो ।

यस अघि चारवटा वेड सहितको कोभिड सेवा सञ्चालन गरे पनि जिल्लामा संक्रमणको दर बढ्दै गएपछि अस्पतालले थप विस्तार गर्न लागेको छ । कोरोना संक्रमित विरामीहरुलाई अक्सिजन अभावका कारण उपचार गर्न कठिन भएको अवस्थामा आवश्यक अक्सिजन सहितको २५ वेड निर्माण गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए ।

उनले अगामी दिनमा कोभिडका विरामीहरुलाई उपचारमा कुनै कमी नहोस् भन्ने सोंचका साथ सेवा विस्तार गर्न थालिएको बताए । अहिले अक्सिजनका लागि आवश्यक प्राविधिक काम भइरेहको अध्यक्ष पाण्डेले बताए । उनले भने‘ अहिले अक्सिजनका लागि पाइलाईन विस्तार गर्दैछौं केही दिनमै सेवा सुचारु हुने छ ।’ अस्पतालले सक्रमणको अवस्था भयावह बन्दै गएकाले तानसेन नगर सरकारसँग पनि सहकार्य गरी सेवालाई थप विस्तार गरिने अध्यक्ष पाण्डेले बताए । उनले भने ‘तयारी पहिले नै नगरे संक्रमण फैलिसके झनै ठूलो खतार निम्तले भएकाले पनि अक्सिजन सहितको कोभिड सेवा थप विस्तार गर्न लागि परेका हौं ।’

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update