Shittalpati
ओलीले छुटाएका विषयहरु...

प्रकाश नेपाल
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए । उनले गरेको भाषणहरु सुन्दा विकासले चमत्कारी रुपमा फड्को मारेछ जस्तो लाग्यो तर सबै कुरा यिनै नालायकको कार्यकालमा भए जस्तै गरी विवरण प्रस्तुत गरे । तर आमजनताले कसरी र कति पत्याउने भन्ने मात्र हो । हो ओली वाक कलामा निकै निपूर्ण छन् । उनको भाषाण एकाग्र भएर सुन्दा लाग्दछ यिनै नै सर्वेसर्वा हुन उनको कारणले मुलुक परिवर्तनको दिशातर्फ उन्मुख भएको जस्तो लाग्दछ । यसर्थ उनले आफनो ब्याख्या गर्ने क्रममा छुटाएका विषयलाई यहाँ उठान गर्न खोजिएको हो ।
सर्वप्रथम त सेक्युरिटी प्रेस खरिद प्रकरणमा आफ्ना सहोदर धर्म पुत्रले कमिसनको मोलमोलाई गरेको कुरा छुटाए । त्यस विषयमा ओली काहलीहरुले अहिले सम्म बोल्न चाहाँ दैनन् । त्यसको तथ्य अहिले सम्म बाहिर आउन नसक्नु भनेको आफै भान्से भएर हो भनेर सहज अनुमान लगाउन सकिन्छ । अडियो टेप प्रमाण सहित सार्वजनिक हुँदा सम्मउनलाई किन ससंद सदस्यबाट निलम्वन गरी छानविन गरिएन् । त्यसै गरी बालुवाटारको जग्गाप्रकरणमा अर्का हलीलाई उन्मुक्ति दिएको प्रकरणले अन्र्तराष्ट्रिय तह सम्म चर्चा पायो । त्यस विषयमा प्रवेश नै नगरी ओलीले छुटाए । त्यस सगँसगै ३३ किलो सुन प्रकरणमा पनि पाएको सफलताको विषय उठाउनु पर्ने थियो तर सम्बोधनको क्रममा छुट्यो ।
भारतीय खुपिया एजेन्सीका कर्मचारीको रुपमा रहेका कमरेड ओलीको सम्बन्ध केहि समय टुटेको थियो । ओलीले नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो पोल्टामा राखेर गणेश अधिकारीमार्फत सम्बन्ध सुधार गरेर नेपालको कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तगोयललाई बोलाएर नेकपा विभाजनको बाटोमा पुर्‍याउन बनाइएको रणनैतिक योजनालाई पनि सम्बोधनको क्रममा छुटाईयो । सामन्तगोयल कम्पनीबाट पाप्त हुने सेवा सुविधाका विषयमा पनि उनले आयोजना गरेको भारदारी सभामा बताएनन् । त्यसै गरी संसद अपहरण गर्नु पर्ने कारण पनि सम्बोधनको क्रममाभारदारी सभामा छुट्यो । यस्ता महत्व पूर्ण विषय किन छुट्यो भन्ने प्रसङ्ग मात्र यहाँ उठाइएको हो । वर्ग संर्घषको आवरणमा झापाका आदिवासी चौधरी र राजवशीं सहित ८ जनाको हत्याको अभियोगमा ओली जेल बसेको समयमा नेपालका नदीहरुमा पानी जहाज सञ्चालनका लागि संभाव्यता अध्ययन भएको थियो । त्यति बेला पनि सम्भावन भएको प्रतिवेदन प्रस्तुत भएको थियो । तर उनले नाटकिय रुपमा खोलेको पानीजहाजको कार्यलय र त्यसले गरेको कार्य प्रगतीको विषयमा पनि बोल्नै चाहेनन् । त्यसै गरी उनको अर्को सपना थियो रेल गुडाउने । रेल आएको पनि छ महिना भयो रेललाई लाज लागेर त्रिपालले छोपिएको छ । रेल गुडाउने फलामे लिक एक पछि अर्को गरी हराउदै गएका छन् । रेलको विषयमा भएको कार्य प्रगति समेत छुट्यो तर किन छुटाइयो भनेर उनको दासत्व स्विकार गर्नेहरुले प्रश्न उठाउन सक्दैनन् कति प्रगाढको दासत्व रहेछ भन्ने बुझिन्छ यसैबाट । तर कति दिन हो र ? कुरा र प्रसंग यहाँ पनि छ । वाइड वडी विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदन किन कार्यन्वयन नगरेको भन्ने प्रसंग समेत उठाउन सकेनन् । त्यो मात्रहोइन सन्त नेता कृष्ण प्रसाद भट्टराईले परिकल्पना गरेको मेलम्चीखानेपानी आयोजनाको कार्यभार मैले पुरा गरे भनेर भन्न पनि सकेनन् । नयाँ वर्षको अवसरमा देशवासीको नाममा उनले सम्वोधन गरे । त्यही क्रममा सातै प्रदेशमा औधोगिक क्षेत्रको शिलान्यास भएको कुरा पनि उल्लेख गरे । लुम्विनी प्रदेशको बुटवल नगर भित्र जहा वर्षैदेखि बसोवास गरेका सुकुम्वासीलाई उठिवास लगाउने गरी शिलान्यास गर्न आएका बिष्णु पौडेल र लेखराजभट्टलाई स्थानीय जनताले बादर लखेटे जस्तै गरी लखेटिएको प्रसंग पनि छुट्यो । औधोगिक क्षेत्र बन्नु राम्रो हो तर आफ्नै कार्यकर्ताले बादर धपाए जस्तै गरी किन धपाए । त्यसको कारण पनि ओलीले सुनाउन पर्ने थियो । हुन त यसको जवाफ ओलीका हली बिष्णु पौडेलले रुपन्देहीका जनतालाई दिने होला त्यसैमा आशा गरौं ।
गतवर्ष कोभिड नियन्त्रणका लागि चिनबाट स्वस्थ्य सामग्री खरिदका लागि आफ्ना भारदारका छोरालाई आर्थिक ऐन नियम मिचेर विना प्रतिस्प्रर्धा ठेक्का दिइयो त्यसमा पनि करोडौंको चलखेल भयो यो कुरा त्यती बेला बाहिर आयो तर यस विषयमा कारवारीको प्रक्रिया अगाडि बढेन् । अगाडि नबढनुको कारण पनि भारदारी संभामा सुनाइएन । गत निर्बाचनमा फरक–फरक दृष्टिकोण भएका कम्युनिष्ट पाटीको एकिकरण भयो । एकिकरण सभामा सम्बोधनको क्रममा ओलीले भनेका थिए । अब यो बोइङ जहाज भयो । यसलाई उढाउन दुई वटा पाइलट चाहिन्छ । हो आज त्यही दुई जना पाइलट बीच वर्गिय दुश्मन भए । यो किनभयो भनेर भन्न पनि छुटाए । त्यससँगै पाटीको केन्द्रिय, स्थायी, संसदीयदलले गरेको निर्णय मान्दिन भनेका थिए । त्यो किनभनेको भन्नु पर्ने थियो त्यो पनि छुटाए । अमेरिकी सहयोग एमसिसी सदनबाट पास गर्नु पर्छ भनेर किन एकोहोरो रटान लिइरहेको भनेर पनि स्पष्ट पार्नु पर्ने थियो । लामो समयसम्म राजनैतिकयात्रा गरेको युवा अवस्थामा पैसा नहुँदा पनि लोकल मदिरा र मासु खुवाएका साथीहरुसगँ अहिले किन कटाक्ष भयो । त्यसको मुख्य कारण के हो ? त्यो विषय पनि ओलीले छुटाए । यो मात्र होइन उनले संसद् विघटन गरी बैशाख महिनामा निर्वाचनको मिति पनि तय गराए । तर उनले गरे जस्तो गरी अदालतले स्विकार गरेन् । अन्ततः उनले गरेको परिकल्पना गलत सावित भयो । त्यस पछिका दिनमा उनी सदनमा नजानुको कारण पनि उल्लेख गर्न छुट्यो ।
पटक–पटक सर्वाधिक रुपमा चर्चाको शिखरमा आएको नेपालको परिवर्तीत नक्शा नयाँ पाठ्यक्रममा प्रकाशन गर्न रोकेको पनि प्रसंग पनि भारदारी सभामा सुनाउन छुटाए । त्यो मात्र होइन चैत महिनाको अन्तिम आइतबार भारतीय जनता पार्टीको उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद देवेन्द्र सिहं भेले भन्ने व्यक्ति इण्डियान एर लाइस्मार्फत अपरान्ह तीन बजे काठमाडौ ओलिए । उनी त्यहीबाट लाजिम्पाटको होटल र्‍याडिसन आएर बसे । तीनै व्यक्ति सँग त्यही नै ओलीले भेट वार्ता गरे । आफ्नो सत्ता जोगाउन महन्थ ठाकुरलाई के भनेर सम्झाउन भनेको समेत उनले भन्नु पर्ने थियो भनेनन् । आफ्नो सत्ता टिकाउन र पार्टी फुटाउन भारतले दिएको दिक्षाको विषय समेत छुटेछ ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा सँगको सम्बन्ध कति गहिरो छ भनेर पनि भन्नु पर्ने थियो खुलेन । राजा ज्ञानेन्द्रले प्रत्यक्ष साशन लिदा ४ दलिय सरकारको नेतृत्व स्वयम देउवाको काधमा थियो । मेलम्ची खानेपानी आयोजनाको प्रवेश मार्ग ठेक्कामा ६२ करोडको भ्रष्टाचारको विवादमा उनी प्रत्यक्ष रुपमा मुछिएका थिए । पछिल्लो काल खण्डमा आउदा एयर वयजको एक जोडी वाइड वडी विमानखरिद प्रकरणमा ४ अर्व ५६ करोड ३४ लाखको कमिसन काण्डको गुनासो बोकेर ओली बसेका छन् । अख्तियारको पासो देखाएर देउवालाई आफ्नै लगाममा राखेको प्रकरण पनि उनले खुलासा गर्न छुटाए । त्यसैले उनले छुटाएका प्रसंग यहाँ उठाईएको मात्र हो । यसर्थ यसको फैसाला भने जनताले आउने निर्वाचनमा गर्ने छन् ।

(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update