Shittalpati
५ सय ३४ संक्रमित थपिए

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ५ सय ३४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५ सय ८८ मा पिसीआर र ५ सय ६४ मा एन्टिजेन गरी चार हजार १ सय ५२ को कोरोना परीक्षण गर्दा ५ सय ३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो । बिहीबार थपिएका संक्रमितमध्ये १ सय ९६ काठमाडौँ उपत्यकाका छन् ।

त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १ सय ४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १ सय ५७ संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सख्या दुई लाख ७४ हजार ६ सय ४ पुगेको छ । हाल देशभर चार हजार ३ सय ८४ संक्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८ सय ९४ होम आइसोलेशनमा रहेका छन् भने ४ सय ९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । –रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update