Shittalpati
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार

दुर्गा प्रसाद अर्याल
विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई मुलुकमा गणतन्त्र स्थापना भई लोकतान्त्रिक शासन पद्धतिमार्फत् समावेशिताको सिद्धान्त अनुरूपको विकास र समृद्धिको यात्रा तय भएको छ ।

संविधान सभाबाट नेपालको संविधान, २०७२ जारी गरियो । यो संविधानको मुख्य लक्ष्य भनेकै दिगो शान्ति, सुशासन, विकास र समृद्धिमार्फत मुलुकलाई समाजवाद उन्मुख राष्ट्रका रूपमा स्थापित गराउने रहेको छ । यही संविधानले परिकल्पना गरेमुताबिक राज्य पुर्नसंरचना भई अहिले मुलुकमा तीन तहका सरकारहरू पाँच वर्षको मतादेशसहित क्रियाशील छन् । यसलाई स्थिर र दिगो सरकारको उपनामले चिनिन्छ । बलियो र स्थिर सरकारबाट जनताले विभिन्न आशा–अपेक्षा राख्नु स्वाभाविक पनि हो । तर जनतामा विकास र समृद्धिको सपना बाँडेर सत्तामा पुगेको वर्तमान सरकारसँग जनता भने सन्तुष्ट देखिँदैनन् । अहिले दुईतिहाइ जनमतको स्थिर सरकार छ, तर काम र प्रगति भने निराशाजनक छ । यसर्थ आर्थिक विकासको आधार राजनीतिक स्थिरता र स्थिर सरकारका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

राजनैतिक स्थिरताले कुनै पनि राजनैतिक घटनाक्रम, आन्दोलन, बन्द र हडताल जस्ता आन्दोलनहरु नभएको र विना अवरोध दैनिक क्रियाकलापहरु सुचारु रुपमा सञ्चालन भएको अवस्थालाई प्रतिनिधितव गर्दछ । स्थिर सरकार भन्नाले कम्तीमा ५ वर्षको कार्यकाल पुरा गरेको कुनै पनि सरकार सञ्चालनको अवस्थालाई बुझिन्छ । त्यस्तै आर्थिक विकासले निरपेक्ष गरिबीको अन्त्यमा, दुई अंकको आर्थिक वृद्धि, प्राकृतिक स्रोत र साधनको उच्च प्रयोग भै रोजगारीको अवस्था सिर्जना भएको अवस्थालाई बुझिन्छ । नेपालको राजनैतिक घटनाक्रम तथा सरकारहरुको परिवर्तनको दर विश्वमै सबैभन्दा अगाडि रहेको छ भन्ने कुरामा कुनै दुईमत रहँदैन । नेपालको इतिहासको पान्ना पल्टाएर आजका मितिसम्मको अध्ययन गर्दा नेपालको जस्तो राजनैतिक उथलपुथल र सरकार परिवर्तनको दर विश्वकै सबै भन्दा बढी रहेको पाइन्छ । यी सबै परिवर्तन सत्ता र कुर्सी प्राप्तीका लागि नै भएको देखिन्छ । यसको प्रत्यक्ष असर गरिबी नियन्त्रण, आर्थिक वृद्धि, भौतिक विकास तथा बेरोजगार संख्या वृद्धिमा देखिएको छ । पटक–पटकको राजनैतिक परिवर्तन र सरकार परिवर्तनले तत्काल खासै ठूलो समस्या नदेखिएता पनि दिर्घकालमा यसले देखाएको प्रमुख समस्या नेपालको आर्थिक विकास वा समृद्धिलाई नै परेको देखिन्छ । विश्वका हिजो हामी भन्दा कमजोर आर्थिक अवस्था भएका देशहरु आजको उच्च आर्थिक अवस्थामा आउनुको एउटै कारण राजनैतिक स्थिरता नै हो । प्राकृतिक स्रोत साधनको प्रचुरतालाई मात्र आर्थिक विकासको आधार मान्न सकिदैन त्यसको उपयुक्त प्रयोगको योजना निमार्णमा स्थिर सरकारको महत्वपूर्ण भूमिका रहने गर्दछ । सरकारले देशको चौतर्फी विकासका लागि भनेर निमार्ण गर्ने अल्पकालिन योजना बजेट र दिर्घकालीन योजना अन्तर्गत पञ्च वर्षीय योजना, दश/पन्ध्र/विस वर्षे ख्ष्कष्यल को प्रभावकारी कार्यान्वयनका लागि देश भित्र राजनैतिक स्थिरता र स्थिर सरकार हुनु जरुरी देखिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

बाइसे र चौबिसे राज्यमा विभाजित नेपाल र पृथ्वीनारायण शाहले आफ्नो कार्यकालमा गरेको नेपाल एकिकरणको अवधिको नेपालको इतिहासलाई नहेरी त्यस पछिको समय देखिनै केहि न केहि रुपमा राजनैतिक अस्थिरताको विजारोपण भएको देखिन्छ । विकास निमार्णका हिसावले त्यती राम्रो नमानिएता पनि राणा कालिन समयमा केहि राजनैतिक स्थिरता रहेको मान्न सकिन्छ । वि.सं.२००७ सालको प्रजातन्त्र प्राप्ति पछि भने सरकार परिवर्तन र राजनैतिक अस्थिरता तिव्ररुपमा बढेको देखिन्छ ।
– राणाकालीन शासन अगाडि (वि.स १८६३– वि.स १९०३) ४० वर्ष जम्मा प्रधानमन्त्री संख्या ६ जना ।
– राणाकालीन समय (वि.स १९०३–वि.स २००७) १०४ वर्ष प्रधानमन्त्री संख्या ११ जना ।
– प्रजातन्त्र प्राप्ति पछि (वि.स २००८ – वि.स २०४६) ३९ वर्ष प्रधानमन्त्री संख्या १९ जना ।
– जनआन्दोलन (वि.स २०४६ – वि.स २०६३ सम्म) १३ वर्ष १४ जना प्रधानमन्त्रीको संख्या ।
– लोकतान्त्रिक जनआन्दोलन (वि.स २०६३–वि.स ०७७÷११÷१०) १४ वर्ष प्रधानमन्त्रीको संख्या १० ।
समयावधि र प्रधानमन्त्रीको संख्यालाई विश्लेषण गरेर हेर्ने हो भने यसबाट नेपालको राजनैतिक परिवर्तन र अस्थिर सरकारको अवस्थाको प्रतिनिधित्व गरेको पाइन्छ । जसको परिणाम स्वरुप विकास तथा आर्थिक विकास तथा वृद्धिमा असर देखापर्ने गर्दछ । इतिहासलाई नियाल्दा नेपालको आर्थिक विकासले गति लिन नसक्नुका मुख्य कारणको रुपमा अस्थिर राजनैतिक अवस्था र तिव्र सरकार परिवर्तनको दरलाई लिन सकिन्छ । नेपालको अर्थव्यवस्थालाई अल्प विकसितबाट विकासोन्मुखतर्फ लैजानका लागि पहिलो शर्तको रुपमा स्थिर राजनैतिक अवस्था र सरकारलाई लिन सकिन्छ । यस्तै राजनैतिक अस्थिरता रहयो भने नेपालको आर्थिक वृद्धि २५–३ ५ वा सो भन्दा पनि तल नर्झला भन्न सकिदैन । दुई अंकको आर्थिक वृद्धि त कल्पना मात्र हुने छ । नेपालको मानव विकास सूचाड्ढ तथा प्रति व्यक्ति आय किन ज्यादै कम छ ? किन हामीले हाम्रा प्राकृतिक स्रोत र साधनको प्रयोग गर्न सकेनौ ? गरिबी, बेरोजगारीको अवस्थामा किन सुधार गर्न सकेनौ ? नेपालको अर्थव्यवस्थामा रेमिटान्सको भूमिका किन उच्च रह्यो ? यसको एउटै उत्तर हो अस्थिर राजनीतिक अवस्था ।

नेपालको अर्थव्यवस्थाको मुख्य मेरुदण्डको रुपमा दशंकौदेखि कृषिलाई लिइएको छ तर कृषिको अवस्था दयनीय छ । कृषिमा समय अनुसारका प्रविधि भिœयाएर आधुनिकिरण गर्न सकिएको छैन । कृषिजन्य पदार्थको आयात र निर्यातको अंश फराकिलो रहेको छ । यसको मुख्य कारणको रुपमा नेपालको अस्थिर सरकारलाई लिन सकिन्छ । यस्तै प्राकृतिक स्रोत र साधनमा हामी धनी देश अरु ठूला पूर्वाधारहरुको निमार्ण गर्न नसकेता पनि ठूलो संख्यामा पर्यटन भिœयाएर विदेशी मुद्रा कमाउन सकिने प्रसस्त सम्भावना भएता पनि १० वर्षे माओवादी जनयुद्व, बेलाका आन्दोलन, हड्ताल र बन्दले विश्व सामु नकरात्मक छाप बसी रहेको छ । बेला बेलाका सरकार परिवर्तनले यसमा नकरात्मक छापमा वृद्धि गरिरहेको आकलन गर्न सकिन्छ । ८३ हजार मेगावाट, आर्थिक दृष्टिकोणले ४२ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता नेपालका नदीनालाबाट छ तर तिनी पाठ्यपुस्तकका अध्ययनका विषयवस्तुमा सिमित रहेका छन्, त्यसको कारण अस्थिर सरकार, अस्थिर राजनीति नै हो । ५ वर्षको अवधि नपुग्दै पटक–पटक हुने निवार्चन र सो को लागि विकास बजेट नै कटौती गर्नुपर्ने अवस्था नेपालमा बारम्बार घट्ने घटना हो । एउटा सरकारले बनाएको योजना तथा नीति कार्यान्वयन चरणमा नपुग्दै सरकार परिवर्तन भइरहने र अर्को सरकार बने पछि फेरी नयाँ योजना तथा नीति बन्ने र कार्यान्वयनको अवस्थामा पुग्न नसक्ने प्रवृत्तिले वषौदेखि निरन्तरता पाएको देखिन्छ । विविध कारणले चलेका उद्योगहरु बन्द हँुदै जानु, सार्वजनिक संस्थान पनि क्रमशः बन्द हँुदै जानु र चलेका संस्थानले पनि नाफामा सञ्चालन हुन नसक्नुलाई पनि अस्थिर राजनीतिका रुपमा लिन सकिन्छ ।

सरकारले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार पार्दै विकसित देशहरुको दाजोमा नेपाललाई पु¥याउन साथै दुई अंकको वृद्धिदर हासिल गर्न अपरीहार्य तत्वको रुपमा स्थिर सरकारलाई नै लिन सकिन्छ । यसका साथै बेला बेलामा राजनीतिक दलका नेताहरुले देशलाई रेलमार्गले जोड्छु, नेपालमा पानी जहाज ल्याउँछु, नेपाललाई सिगापुर बनाउछु भन्ने नारालाई साकार पार्न पनि राजनितिक दलहरु स्थिर सरकार प्रति प्रतिवद्ध हुन जरुरी देखिन्छ ।

आर्थिक विकास, दुई अंकको आर्थिक वृद्धिको परिकल्पना साकार पार्न एकातिर उच्च आर्थिक वृद्धिदर हासिल गरेर विकासको उच्च विन्दुमा पुगेका देशहरु र अर्कोतर्फ हाम्रो देशलाई राखेर अध्ययन र विश्लेषण गरियो भने निक्लने निष्कर्ष भनेको लगातार भैरहने राजनैतिक परिवर्तन तथा परिवर्तन भइरहने सरकारहरु नै देखिन्छ । यसरी उच्च आर्थिक वृद्धि हासिल गर्न नेपालको लागि तत्काल चाल्नुपर्ने कदम भने कै स्थिर राजनैतिक व्यवस्था र ५ वर्षे सरकारको कार्यकाल नै हो । राजनैतिक स्वार्थ हैन, राष्ट्रिय स्वार्थमा केन्द्रित हांै । आफ्नो राजनैतिक दल होइन राष्ट्रलाई माथि राखौ यति मात्र गर्न सक्यौ भने मात्र हामीले कल्पना गरेको नयाँ नेपाल संरचनाको परिवर्तनमा मात्र सिमित रहँदैन की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update