Shittalpati
कोरोना अपडेट : थप ९० जना कोरोनामुक्त, मृत्यु शून्य

पाल्पा, नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको छ । पछिल्ला केही दिनका तथ्याङ्का अनुसार संक्रमितको संख्या न्यून देखिएको हो । सोमबार थप ९० जना कोरोना संक्रिमत निको हुँदा १ सय २५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित र निको हुनेको संख्या देखिए पनि सोमबार मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ । नेपालमा १ हजार ५ सय २९ सक्रिय संक्रमित रहेका छन् । थप ९० जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । हालसम्म देशभर २१ लाख ४३ हजार ३ सय १५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update