Shittalpati
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो

पाल्पा, कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।

भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत खोप काठमाडौँ आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज (मात्रा) खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिएको छ । फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण गरिने मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update