Shittalpati
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा

पाल्पा, नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले वार्षिक साधारण सभा मनाएको छ । शाखाले शनिबार तानसेनस्थित भुसलडाँडामा आफ्नो २७ सौ वार्षिक साधारण सभा मनाएको हो । सभाको नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति शर्माले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको बताएका छन् ।

जिल्लामा क्षयरोग निवारणको क्षेत्रमा संस्थाले पु¥याएको योगदान अतुलनिय रहेको भन्दै उनले संस्थाको प्रशंसा गरे । आफ्नै सुविधा सम्पन्न भवनबाट सेवाप्रवाह गरेको संस्थाले कार्यक्रम, योजनाहरुमा पारदर्शिता प्रदर्शन गरेको सभापति शर्माको भनाई छ । कार्यक्रममा संस्थाकी सभापति शोभा शाक्यले संस्था सबैको साँझा भएकाले निस्वार्थ भावले सेवा गरिदै आएको बताइन् । संस्था सञ्चालनमा अनेकौ कठिनाई भएपनि यो क्षेत्रमा काम गर्ने सबै साथीहरुको सहयोग इमान्दारिता कै कारणबाट संस्था सवल र सक्षम बन्दै गएको भन्दै उनले सबैलाई धन्यवाद दिइन् । सभापति शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा क्षयरोग निवारणमा अझ सशक्त ढंगले लाग्ने बताइन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोजलाल शाक्यले १० लाख ८५ हजार ३ सय २० बरावरको आर्थिक आय–व्यय प्रस्तुत गरेका थिए । संस्थाका सभापति शोभा शाक्यको अध्यक्षता, उपाध्यक्ष विधान श्रेष्ठको स्वागत, संस्थाकी सह–सचिव सुलोचना शाहको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थाले विगतदेखि नै क्षयरोग र एचआईभी सम्बन्धी सचेतनाका कार्यक्रमहरु समुदायस्तरमा सञ्चालन गर्दै आएको छ । सचेतनाको माध्यमबाट नै क्षयरोग, एचआईभी नियन्त्रण गर्न सकिने भन्दै संस्थाले बौद्धिक वर्ग विद्यार्थी, शिक्षक, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मीहरुलाई समय–समयमा सचेतनामूलक प्रशिक्षण समेत दिर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update