Shittalpati
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप

गुल्मी, गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो । जिल्लामा दोस्रो चरणको फागुन २ गतेबाट सुरु गरिएको थियो जसमा हलसम्म १ हजार ५२ जनाले कोरोना विरुद्धको खोपको लगाएको आचार्यले बताए ।

जिल्लामा कोरोना विरुद्धको खोपका लागि अगाडि छुटेका स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधि, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धित व्यक्ति र पत्रकारहरुलाई दोस्रो चरणमा लगाउन थालिएको हो । गुल्मी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने दोस्रो चरणको अभियानको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले लगाएर सुरुवात गरिएको थियो । सरकारले कोराना भाइरस विरुद्धको खोप यो चरणमा अग्रपक्तिमा काम गर्ने सहित पत्रकारसहितलाई उपलब्ध गराएको हो । दोस्रो चरणको कोरोना विरुद्धको खोप जिल्लामा फागुन ८ गतेसम्म लगाइने छ । कोरोना विरुद्धको खोपका लागि दोस्रो चरणा २७ सय ९२ जनालाई दिइने भएको छ । एक दिनमा ४ सय बढीलाई कोरोना विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना विरुद्धको खोप लगाउनेहरु उत्साहित भएका छन् । दोस्रो चरणको अभियानमा कोरोना विरुद्धको खोप लगाउन पाउँदा सुखी भएका हुन् । पहिलो चरणमा १ हजार ७ सय ४५ जनामध्ये जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधी व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम्सेविका लगायतले खोप लगाएका थिए । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाउन पर्नेछ ।     –पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update