Shittalpati
अण्डा र झण्डा वितरण :

माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी । गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रत्येक वडाहरुमा अण्डा र झण्डा वितरण कार्यक्रम सञ्चालन गरेपछि अहिले स्वास्थ्य संस्थामा पुगि नियमित गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ बाट अण्डा वितरण गर्न सुरु गरेसँगै नियमित गर्भ परीक्षण र सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्ने महिलाको संख्यामा वृद्धि भएको हो । –तस्वीर : रुप्से स्वास्थ्यचौकी/नवजनचेतना दैनिक

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update