Shittalpati
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री

पाल्पा । कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।

बेसले जिल्लाका दशवटै स्थानीय तहका स्वयसेविकाहरुलाई स्थानीय तहमार्फत उक्त सामग्री दिएको छ । नेपाल सरकारले यहि मसिर ११ र १२ गते ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेकाले उनीहरुको सुरक्षाका लागि बेसले ३ हजार १ सय ५ थान मास्क र ६ सय २१ थान सेनिटाईजर वितरण गरेको सस्थाका फिल्ड संयोजक दिनेश घिमिरेले जानकारी दिए ।

विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को यस माहामारीको अवस्थामा यसको रोकथाम एंव नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले महिला स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री दिइएको घिमिरेले बताए । सबै सघंसस्था र सरोकारवालाहरुले आ–आफनो ठाउँबाट सहयोग गरेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल बनाउन घिमिरेले सबैलाई आग्रह समेत गरेका छन् । युएस्एआईंडिको आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा पाल्पा सहित मुलुकका ४२ वटा जिल्लाहरुमा सुआहारा(दोश्रो) कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रमले खासगरी हजार दिनका आमाहरुको पोषण तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको एकीकृत पोषण तथा खाद्य सुरक्षा रणनीति (२०१८–२०२२) अनुसार संघ, प्रदेश तथा स्थानीय तहहरुसंग मिलेर काम गरिहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update