Shittalpati
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो । तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा रामपुरका ३ जना, बगनासकालीका, रिब्दीकोटका १/१ जना, निस्दीका २ जना र तानसेनका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय २६ पुगेको छ ।

जिल्लामा अहिलेसम्म एक हजार ९४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । बुधबार मात्र माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना गरी १२ जनाले कोरोना जितेका थिए । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय १९ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ६ सय १६ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update