Shittalpati
नेपालमा मंगलबार ८ सय ५३ जना कोरोनामुक्त

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार देशका विभिन्न स्थानका अस्पतालबाट ८ सय ५३ जना नागरिक संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९ सय ६० जनाको पीसीआर भएकोमा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय २० संक्रमित थपिए छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको मन्त्रालयको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update