Shittalpati
मंगलबार पाल्पाका थप १४ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई मंगलबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा तानसेनका ७ जना , रिब्दीकोटका १ जना, तिनाउका १ जना, रम्भाका २ जना, रैनादेवी छहराका २ जना र रामपुरका १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ८९ पुगेको छ । जिल्लामा अहिलेसम्म एक हजार ८२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ७९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update