Shittalpati
सोमबार तानसेनका १८ जनासहित पाल्पाका थप २४ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा तानसेनका १८ जनासहित पाल्पामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

तानसेनका ९ जना महिला र ९ जना पुरुष गरी १८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका १,पूर्वखोलाका ३, बगनासकालीका १, रिब्दीकोटका १ जनामा संक्रमण देखिएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ७५ पुगेको छ । पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ८० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ६५ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६७ जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा अहिले सम्म एक हजार ८२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update