Shittalpati
पाल्पामा थप ८ जना कोरोनामुक्त

पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोनामुक्ता भएका छन् । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका ८ जना संक्रमित निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित कोरोना मुक्ता भएका हुन् । यो सँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ सय ५० पुगेको छ । अहिलेसम्म माथागढी गाउँपालिकामा ४०, रामपुर नगरपालिकामा १ सय ३३, पूर्वखोला गाउँपालिकामा १ सय ६३, रैनादेवी छहरामा ५०,रम्भा गाउँपालिकामा ६६, बगनासकाली गाउँपालिकामा ५४, तिनाउ गाउँपालिकामा ३५, रिब्दीकोट गाउँपालिकामा २६, निस्दी गाउँपालिकामा ९९, तानसेन नगरपालिकामा ५३ र जिल्लामा विभिन्न अस्पतालमा उपचारमा रहेका ३१ जना कोरोना संक्रमित निको भएका हुन् ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार तानसेनका ८, तिनाउ गाउँपालिकाका ३ र रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या ८ सय ९४ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म २ सय ५७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ४८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update