Shittalpati
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ

पाल्पा । पाल्पामा बिहीबार कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको गलत सूचनाका कारण शुक्रबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको कोरोना रिपोर्ट अहिले नेगेटिभ आएको हो । अस्पतालले मृतक तिनाउ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको भनेपछि शित्तलपाटी डटकम र अन्य सञ्चार माध्यमहरुले कोरोनाका कारण महिलाको मृत्यु भएको समाचार प्रकाशन तथा प्रशारण गरेका थिए । निमोनियाको बिरामी रहेकी ति महिला अस्पताल भर्ना भएर उपचार गराइरहेकी थिइन् । तर उनको बिहीबार मृत्यु भएको थियो । अस्पतालले बुधबार स्बाब संकलन गरी उनको कोरोना परीक्षण गरेको थियो । परीक्षण पछि उनको बिहीबार रिपोर्ट पोजेटिभ आएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताएका थिए । अस्पतालका जिम्मेवार व्यक्तिले नै कोरोना पोजेटिभ आएको भनेपछि समाचार बाहिर आएको थियो ।

स्वाब पुनः परीक्षणका लागि चितवन पठाइएकोमा शुक्रबार दिउँसो ति महिलाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनले एलएमसीमा स्वाब परीक्षण गर्दा प्रारम्भिक रिपोर्ट पोजेटिभ आएपनि त्यो आधिकारिक नभएको बताए । पन्थीले भने ‘अस्पतालले त्यो रिपोर्टलाई आधिकारिक मान्नु गलत हो, अस्पतालमा आएको रिपोर्ट जे आएपनि अस्पतालले आधिकारी रिपोर्ट नआउँदासम्म बोल्न हुँदैनथ्यो ।’ आधिकारीक निकायले पुष्टि नहुँदासम्म सूचना दिन नहुने पन्थीको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update