Shittalpati
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो

पाल्पा । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेका हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय संक्रमितको ३६ हजार नजिक पुगेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम आइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार सय ३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको गौतमले बताए । यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६ सय ६३ पुगेको डा.गौतमले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update