Shittalpati
सोमबार १४ सय ७३ जना कोरोनामुक्त

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका १४ सय ७३ संक्रमित निको भएका हुन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । योसँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ८ सय ८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ९१ हजार ५ सय १४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय ३१ जना रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update