Shittalpati
पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि

पाल्पा । पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार माथागढी गाउँपालिकाका ७ जना, रामपुर नगरपालिकाका २ जना, तानसेनका ८ जना, निस्दीका ५ जना, रम्भाका २ जना, रिब्दीकोटका १ जना र लुम्बिनी मेडिकल कलेजबाट संकलन गरिएका स्वाब मध्येका ८ जना गरी ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाल्पामा थपिएका ३३ जनासँगै कुल संक्रमितको संख्या ८ सय ७२ पुगेको छ । जिल्लामा अहिले १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमित मध्ये ७ सय ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको निधन भएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म २ सय ४० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ४८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update