Shittalpati
शिक्षामन्त्री पोखरेललाई संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध गरेका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि संक्रमण देखिएको थियो । –रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update