Shittalpati
परीक्षितको जन्मदेखि कलिको दमनसम्म–भाग ३

होमनाथ न्यौपाने

बेद व्यासका छोरा शुकदेवजी भगवान्का भक्तहरुसँग सदा पे्रम गर्छन् । शौनकाजीले सोधिएको प्रश्रनमा परीक्षितको जन्म कर्म मोक्षको कथा पाण्डवहरुको स्वगारोहणको बारेमा वृतान्त सुनाउन लाग्नु भयो । माहाभारतको युद्वमा कौरव र पाण्डव पक्षका वीरहरुले वीर गति प्राप्त गरेका र भीमसेनले दुर्योधनको तिघ्रा भांचिदिएको रिषले अस्वस्थामाले द्रौपदीका सुतीरहेका ५ बालकहरुको शीरकाटेर ल्याएको ठूलो हत्याले गर्दा भएको प्रसङ्गमाथि वर्णन भएपछि परीक्षितको उत्तरामा गर्भ रक्षामा खटिएका र कुन्तिले भगवान कृष्णको ठूलो स्तुती गरी शरशैयामा सुतेका भीष्मले ऋषिगण मनुष्य रुपि भगवान श्रीकृष्णलाई नमन गरे ।

भगवान सुतजीले युधिष्ठिर शोकाकुलका बारेमा अन्य धर्म, अर्थ, काम मौक्षका बारेमा बताउनुभयो भन्ने भीष्म पितामहले जीवनका अन्तिम बेला भगवान श्रीकृष्णको स्तुती गरी इन्द्रियको वृद्धिद्वारा आत्मस्वरुप श्री कृष्ण भगवानमा आफुलाई लिन गराए (ईच्छामरण भयो) गान्धारीलाई शान्त्तवना दिए, युधिष्ठिरले आफ्नो राज्य सभाले भगवान श्री कृष्णद्वारकामा जान प्रस्थान भयो भगवानले उत्तराको गर्भको रक्षा आफ्नो बहिनी सुभद्राको प्रसन्नताका लागि हास्तिना पुर सवारी त्यहाँ विराट कि छोरी उतरा गान्धारी र सुभ्रदा द्रौपदी कुन्ती धृतराष्ट पाण्डवादी सबभेटी धेरै प्रकारका सान्त्तवना दिई युधिष्ठरलाई ढोगी द्वारकातर्फ सवारी भई सबै शोकमा मुर्छा परे । भगवान् अवर्त देशमा पुग्दा त्यहाँका स्थानीयले भव्य स्वागत गरे मंगल सुचक मुदङ्ग ताल अचनाक द्वन्दुभि बाध्यवाजन बजे । भगवानले पञ्चजन्य शोख बजाई मंगल उत्सव भएपछि द्धारकामा भगवान् श्रीकृष्णको भब्य स्वागत भयो ।

द्वारकामा जय जय कार लाभा अबिर बर्षा मंगलधवनी धुमधाम रमाइलो भयो । उता परीक्षितको जन्म अस्वस्थामा ब्रहमास्त्रले उठाउन खोजेको उत्तराको गर्भ रक्षालाई स्वर्ण भगवान्ले गर्नुभयो । दशमास पूर्ण भयो । पाण्डुका वंश धर परीक्षीतको जन्म भयो । सूर्यका जस्तो तेज भएको बच्चा जन्म्यो र युधिष्ठिरले धौम्य कृपाचार्य आदी ब्राÞमणद्वारा मंगल पाठ गराए । जात कर्म सम्पन्न गरेपछि धेरै–धेरै दान दक्षिणा गरे । ज्योतिष ब्राह्मण सारालाई हात्ती, घोडा, सुन, चादी धेरै दान गरे । ज्योतिषले र ब्राह्मणले यो बालक धेरै पराक्रमी दयालु सबै कुरामा निपूर्ण हुने र कलिकोे प्रवेशद्वारा डग मगाएकि पृथ्वीको रक्षा गरी दमन गर्ने छन् । अन्त्यमा ब्राह्मण ऋषि कुमारका श्रापले तक्षकद्धारा मृत्यु हुनेछ भन्ने संकेत पनि गरे । सुकदेवजीबाट श्रीमद्भाागवत् सात दिन श्रवण गरेर मुक्ति हुनेछन् ।

त्यहाँका सम्पूर्ण भक्ती को हुन आदि पुरुष भनेर परीक्षा गरेका थिए । तिनी परीक्षितका नामले प्रस्थान भए । र युधिष्ठिर महाराजले ठूलो यज्ञ अश्रमेघ गर्ने इच्छा गरे । मृत्यु भएकाहरुको प्रयाश्रित आफ्नो धर्म रक्षाको लागि यो यज्ञमा लाग्ने खर्च व्यक्तिको जो हो उञ्र दिशागति अघि मरुतले ठूलो यज्ञ गरी समाप्ती पछि उत्तरतर्फ फालेका धेरै सुनचाँदी, धन थिए । तिनी पनि ल्याउने भए सबैलाई निमन्त्रणा गरी भव्य अश्रमेघ यज्ञ गरे, त्यसमा भगवान श्रीकृष्णलाई बोलाई यो भागवात् एक १ महिना त्यहि बिराजमान भई ब्राÞमणका पाउ धुने काम गरी बक्स्यो । यज्ञ सम्पन्न गरी पापदेखि डराएका युधिष्ठिरलाई दर्शनले निर्मलपारी द्रौपदी समेतको सल्लाह लिई अर्जुन र यदुवंशीहरुलाई साथमा लिई भगवान श्री कृष्ण द्वारका तर्फ लाग्नु भयो भन्ने कथा बाहौं अध्याय सम्ममा विस्तार गरिएको छ । भगवान् कृष्ण स्वाधाम र पाण्डवहरु स्वर्ग तर्फ गए भन्ने कुरा विदुरको उपदेशले धृतराष्ट्र गान्धारीको साथमा वनमा जानु राजा युधिष्ठिरलाई पश्चताप हुँदा नारद आएर यसरी सम्झाउँछन् । अब यो श्रीमद् भागवत्को प्रथम स्कन्दको तेह्रौँ अध्यायदेखि कति कथाको विस्तार गरिन्छ भनि विदुर दुर्याेधनको कठोर वचनले विरक्त भएर तीर्थयात्रा गर्न गए । त्यस बखत मैत्रीयबाट आत्म तत्वको ज्ञानपनि गरेका थिए । पछि फर्केर हस्तिनापुरमा आए ।

विदुर भाई आएको थाहा पाएपछि युधिष्ठिर सहित पाण्डव वंशी सबै आए । मृत्यु मानिसको पुर्नजिवित भए जस्तो सबै पुरुस्त्री सबै आएर खुसी मनाए । विदुरको सम्मान आलिड्ढन गरे । तीर्थयात्राको प्रसङ्ग सोधे यधुवंशी भगवान् कृष्णको विस्तार युधिष्ठिरले सोधेपछि विदुरले सबैकुरा बताए । माण्डव्य ऋषिका श्रापले यमराजको विदुर भएका हुन् । पापीहरुलाई दण्ड दिने काम गरे । उता पाण्डवहरुले गृहस्थाश्रममा लागे, विदुरका दाजु धृतराष्ट्रलाई सम्झाए । पाण्डव भूले तपाई पनि निस्कनुहोस्, अकाल आइरहेको छ । सम्पूर्ण कुरा विदुरले सम्झाए भन्ने र उतापट्टि धृतराष्ट्रलाई भाई विदुरले सव गई सके तपाई वनतिर गएर तपस्यामा यति भनेपछि पत्नि गान्धारी साध्वी पछि पछि गए । युधिष्ठिरले सजंयसँग सोधे धृतराष्ट्र गान्धारीको गए भन्दा त्यहीँ प्रसंङ्गमा नारदजी तुम्बुरुका साथमा आउनुभयो । युधिष्ठिरले उठेर स्वागत सम्मान गरे । धृतराष्ट्र गान्धारी हिमाल सप्तर्षीका आश्रमतिर गएको दक्षिण भागतिर त्यहाँ भागीरथी सात तर्फबाट सात धारा बगेकि त्यसैले यो ठाँउको नाउ सप्तश्रात रहि प्रख्यात भएको प्रसङ्ग बताए ।

त्यहाँ कठोर तपस्याबाट धृतराष्ट्रको मृत्यु भई मोक्ष हुनु गान्धारी सहित सति जानु यो आश्रय देख्दा भाई विदुर तीर्थयात्रालाई प्रस्थान गरे । युधिष्ठिरले शोकलाई त्यागे, अर्जुनद्वारकामा गएका आएनन् । राज्यको हालत देखेर चकित परे । राज्यमा एक आपसमा विरोध गर्ने हरेक अपसगुन अरिष्ठ सूचक हुन लाग्यो । यो के हुन लाग्यो भन्ने सभा युधिष्ठिर भएका बेला कलिको प्रवेशले राज्यमा अनिष्ट भएको बेलामा अर्जुन दाजुका पाउमा शिर राखी ढोग गरे । रुदैं गरेको देख्दा युधिष्ठिरले सोधे हे भाई द्वारकामा यधुवंशी सबै कुशल छन् भन्ने प्रश्न सोधे । अर्जुन तिमी किन तेजोहिन देखिएका छौँ । कृष्ण भगवान्को वियोग भयो कि भनेर दुःख मान्दै सोध्दाअर्जुनले भगवान् स्वधाम तिर लाग्नु भएको बताए । युधिष्ठिर सहित पाण्डवहरु शोक मग्न भए । भगवान् श्री कृष्णका सहाराले कौरवसँगको जीत र भगवान्बाट भएको सहयोग सम्झी रुन लागेको कुन्ति आदि पनि शोक गर्न थाले । युधिष्ठिरले चिन्ता व्यक्त गर्दै स्वर्गतिर जाने विचार गरे । भगवान् श्री कृष्ण प्रवास क्षेत्रमा आफ्नो शरीरको त्याग गरेको प्रसंङ्गले आकुल व्याकुल भएका सबै पाँचै पाण्डवहरु स्वर्ग तर्फ लागेको देखेर द्रौपदी पनि भगवान्का चरण कमलरुपी पाउमा ध्यान गर्दै लीन भइन् । यता युधिष्ठिरले राजा परीक्षितलाई सुम्पेर गए । त्यस पछि के भयो भयो भन्ने प्रसङ्गमा सूतजी आज्ञा गर्नुहुन्छ ।

रीक्षित महाराजले आफ्नो राज्यको दिग्विजयको लागि आफ्ना राज्यका प्रजाहरुलाई संरक्षण गर्न र सुशासनको लागि राज्य भीषेक गरी अब राज्यमा दिग्विजयको लागि दरवारबाट निस्केका बखत के के भन्नेसम्मको कथा यो श्री भागवतको पन्ध्रौं अध्यायसम्मा विस्तार गरियो । उता विदुरले सम्पूर्ण कुरा तीर्थ यात्रा मै थाहा पाएर अत्यन्त दुखित भएको र कलीले प्रवेश हुन लागेको कुरा पनि थाहा
पाउनुभयो भन्ने... ।


त्यसपछि परीक्षितद्वारा कालिको दमन । परीक्षितले उत्तराकी छोरी इन्द्रावर्तीसँग विवाह गरी राज्य चलाउन थाले । तिनीबाट जन्मेजय आदी चारभाई छोरा जन्मे । अश्रमेध यज्ञ गरे । देवता प्रकट भई खुसी भए भन्ने र यज्ञदेन दिग्विजय गर्नका लागि परीक्षित महाराज दरवारबाट निस्के । बाटोमा जादै गर्दा शूद्रको रुपमा कालिले राजाको रुप धारणा गरी एउटी गाई जोडावेल (गोरु) लाई लात्तिले हानि रहेको देखि परीक्षित रथबाट ओर्ली कलिलाई पक्री दण्ड दिन लागे । यो प्रसंग शौनकले सूतजीसँग सोधे शूद्र कालीको हो । श्रकिन दण्ड दिन लागे ? भन्ने आज्ञा होस् भन्दा सूतजी भन्नुहुन्छ, राजा परीक्षितले हस्तिनापुरमा राज्य गर्दा कलिले प्रवेश गरी आएको थाहा पाएपछि सूर्यको तेजरुपी रथमा सेना सहित दिग्विजय गर्न हिडेँ बाटामा पर्ने भद्रास्व केतुमान भारत उत्तरपुरुकिम पुरुष आदि राज्य जिते ।

त्यहाँका विद्धानहरुबाट पाण्डवहरुका बारेमा आफु गर्भमा छदाँँ श्रीकृष्णले रक्षा गरेका सबै वृत्तान्त सुन्न पाए । केहि पर छाउनी पुग्दा एउटा अचम्मको दृश्य देखे । धर्म गोरुको रुप धारण गरी एउटा खुट्टाले घुमिरहेको त्यसै बेला पृथ्वी एउटा गाईको रुप धारणा गरिरहेकी गाईलाई आँखाबाट आँसु झारेकी गाईरुपी पृथ्वीलाई धर्मरुपी गोरुले सोधे, किन मलिन भई रोएकीछौँ हे माता बताउ मेरा तीन झरी एउटा पाउले मात्र उभिएको छु भने । तिमीलाई कसैले बाधा दियो कि पृथ्वी राज्यमा अनिष्ट भयो कि मैले खुट्टा टेकेको देखेर होकि भगवान् श्रीकृष्ण स्वधाम गएको सम्झेर होकी तिमीलाई ठूलो कष्ट भएर होकी सबै बताउ भन्दा पृथ्वीरुपी गाईले भनिन्, हे धर्म यो राज्यमा कलिको प्रवेशले अन्याय अत्याचार बढ्न थाल्यो धर्मका तीन पाउ नस्ट भए ।

उपद्रव मैले थाम्न नसक्ने भए, जसले तिम्रा तिन पाउ तयार पार्थे जस्ले गर्दा म आनन्दमा थिए, उनै परव्रहमा परमात्माको चिन्ताले ग्रसित छु । यस्ता धेरै कुराहरु छन्, भन्दै प्रसङ्ग चलिरहेकै बेला पूर्व बाहिनी सरस्वती नदी तटमा परीक्षित महाराज आईपुग्नु भयो र त्यहाँ शुद्रले गोरु, गाई धर्म र पृथ्वीलाई लाठीले कुट्दै, पिट्दै गरेको आफ्नै आँखाले देख्नु भन्ने सोह्रौँ अध्यायको प्रसंङ्ग विस्तार गर्दै त्यहाँ उप्रान्त डरले कापिरहेको एक खुट्टाको गोरुरुपी धर्म कामधेनु सरहकी गाईरुपी पृथ्वी कामेर मलमूत्र त्याग्दै रोदन अवस्था देख्दा राजा परीक्षित अत्यन्त क्राधित भएर मेरा राज्यमा यस्ता निरापराधी प्राणीलाई नीर्दयी बनेर पिड्दै छन् देख अब तेरो मृत्यु बाहेक अरु विकल्प छैन पख् भन्दै राजाले गोरु, गाईलाई तपाईको हुनुहुन्छ, कुनै देवता हो कि एक खुट्टा मात्र छ ।

गाईमाता रुनु भएको छ । यो देख्दा मेरो राज्यमा यस्तो कहिँ छैन के भयो बताउनुहोस् भन्ने राजाको आज्ञा सुनेपछि गोरुरुपी धर्म भन्छन्, हेराजन हजुर पाण्डव कुलमा जन्म भई दुःखीहरुको रक्षा गर्ने पापी दृष्ट नाश गर्ने हजुर बारम्बार नमन छ । हामीहरुमा दया गर्नुहोस् भन्दा तिम्रा खुट्टा कसले काटेको गाई पिट्नेको त्यहाँ ऐले मारिदिन्छु । मेरा राज्यमा कोहि अन्यायमा पर्नेछैन भन भन्दै राजा परीक्षित गर्जन थाले । त्यो देखेर त्यो शुद्ररुपी कलि थरथर काप्न थाल्यो ।

हेराजन हजुरले उठाएको तरवारले मलाई नमारी बक्सीयोस् बरु मलाई बस्ने ठाँउ दिनुहोस् भनेर हात जोडेको कलिलाई राजा परीक्षितले हेर अब तैले कसैलाई दुःख दिईस भने मारिदिनेछु । तलाई बस्ने ठाउँ १ जुवामा बस २ मध्यपानमा ३ बेस्या स्त्रीसँग ४ हिंसा, यी ४ ठाउँ दिए भन्नुभयो असत्य, मद, आशक्ति, कर्षण त्यो ठाउँमा अधर्मले बास गर्छ हे महाराज एउटा राम्रो स्थान पाउ भन्दा सूर्वणमा बास दिनु भयो । राजाको आज्ञापालन गरेर रहन लाग्यो । जहाँ जुवा हुन्छ जहाँ रण्डिवाजी हुन्छ, जहाँ रक्सीपान हुन्छ, जहाँ हिंसा हुन्छ, जहाँ चोरी गरी ल्याएको हुन्छ त्यस ठाउँमा बास गर्न लाग्यो । उतापट्टी राजाले वृषरुप धर्मका तिन पाउ तप, शौच, दयालाई जोडी चार पाउनै बनाईदिनुभयो र गोरु रुपी पृथ्वीलाई पनि आश्वासन दिएर श्रीवृद्धिमा दत्त चित्त रहिन् । उनै युधिष्ठिरको चक्रवर्ती राज्य पदलाई समालेर आफ्नो राज्य सिंहासनमा बस्दा भए भन्ने कथा यो सत्रौ अध्याय सम्मा वर्णन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update