भरुवा बन्दुक आकारका सामग्री बरामद
स्याङ्जा, स्याङ्जाको वालिङ नगरपालिका–१२, कोखेबाट प्रहरीले भरुवा बन्दुक आकारमा काठ तथा फलाम जडित संरचनासहित विभिन्न सामग्री बरामद गरेको छ ।
बुधबार वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले कोखे क्षेत्रमा बेवारिसे अवस्थामा उक्त सामग्री फेला पारी बरामद गरेको हो । प्रहरीका अनुसार बरामद सामग्रीमा भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना ७ थान, भरुवा बन्दुकको फलामको नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउन प्रयोग हुने डाई १ थान रहेका छन् । बरामद सामग्रीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्


