तानसेनमा ठूलो आवाज निकाल्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा
पाल्पा, जिल्लाको तानसेनमा ठूलो आवाज निकाल्ने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मिति तथा समयमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तानसेन बजार एरियाबाट स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गर्ने ८ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।
आवाज ठूलो निकालेर अनावश्यकरुपमा ध्वनी प्रदूषण गरेको गुनासो आएपछि प्रहरीले त्यस्ता मोटसाइकलहरुलाई धमाधम नियन्त्रणमा लिन थालेको छ । मोटरसाईकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्


