Shittalpati
आजदेखि मतदाता नामावली सङ्कलन गरिँदै

पाल्पा, आज आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली सड्ढलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ । साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने (नाम, थर, ठेगाना सच्याउनेः एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने; नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउनेः आदि), दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमवाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद प्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update