Shittalpati
अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी: एमाले उम्मेदवार आचार्य

पाल्पा, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले आफूले सुरु गरेका विकासका अधुरा आयोजनाहरू पूरा गर्न पुनः जनताको साथ आवश्यक रहेको बताएका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त रहेका आचार्यले विगतको कार्यकालमा थालनी भएका गौरवका आयोजनाहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य संकल्प रहेको स्पष्ट पारे । “विगत ५ वर्षका लागि चुनिए पनि बीचमा विकसित राजनीतिक परिस्थितिका कारण कतिपय बाचा र कार्यक्रमहरू खण्डित हुन पुगे,“ आचार्यले मतदातासँगको भेटघाटमा भने, “ती अधुरा सपना पूरा गर्न र पाल्पाको समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन मलाई फेरि एकपटक सेवा गर्ने अवसर दिनुहोस् ।”पाल्पाली माटोमै भिजेर राजनीतिमा उदाएका आचार्यसँग वडाध्यक्षदेखि प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यसम्मको खारिएको अनुभव छ । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी जस्ता आधारभूत क्षेत्रको सुनिश्चितताका लागि भएको दाबी गरे । विशेषगरी महिला र युवा उद्यमशीलताको विकासमा आफूले चालेका कदमहरूलाई तार्किक निष्कर्षमा पु¥याउनु पर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update