Shittalpati
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम


विष्णु पाण्डेय
पाल्पा, स्याङजाको कालिगण्डकी गाउँपालिकामा सडक विस्तार गर्ने काम धमाधम भइरहेको छ । कालिगण्डकी गाउँपालिकाको हटिया, वर्तुङ खोर्दि हुँदै प्युघाँसम्मको बाटो विस्तारको कामले तिव्रता पाएको हो । लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेको सडक विस्तारको कामले अहिले तिव्रता पाएको छ ।

रुद्रवेणिदेखि रानीमहलसम्म नै बाटो विस्तार गर्ने योजनाका साथ अगाडि बढेको भएपनि यो आर्थिक वर्षमा रकम कम भएकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाकै बजेट खर्च गरेर भएपनि यो पुरा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

स्याङजा क्षेत्र न. २ का सांसद एवं भूमी व्यवस्था,सहकारी तथा गरीवी निवारण मन्त्री पद्यमा अर्यालको पूर्वाधार विकास कार्यकक्रम अन्तर्गत ४० लाख पूर्वाधार बजेटबाट सडक स्तरोन्नतीको काम भैरहेको गाउपालिका अध्यक्ष थापाले बताए ।
घुम्तिमा ८ मिटरको फराकिलो हुने गरी काम भैरहेको छ । सामान्यतया ५ मिटर सडक खनेर चौडाई गरी ८ मिटरको सडक बनाउने गरी काम भैरहेको ईञ्जिनियर पूर्णबहादुर रानाले जानकारी दिए । रुद्रबेणी, ठाटिभञ्ज्याङ्ग,चण्डिभञ्ज्याङ्ग, हटिया, बर्तुंङ , खोर्दि, प्यूँघा र पाल्पाको रानिमहल हँुदै तानसेन जाड्ने सडक हो ।

यो सडक विस्तार पछि चाडै नै बाटो पिच गर्ने पहल थालिने समाजसेवी केशर क्षेत्रिले बताए । हटिया,रानिमहल सडकखण्डको सडक स्तरोन्नतीले यातायात सडक सञ्चालनमा सहजता आउने मन्त्रि अर्यालका स्वकिय सचिव बुद्ध घर्ती मगरले जानकारी दिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update