
सरोज लाल शाक्य
२०८१ कार्तिक २३ गते शुक्रबार म र मेरीे श्रीमती सगुन देवी शाक्य, तानसेनको आफ्नै निवासबाट दिनको ३ बजे निस्किएर बुटवल लाग्यौं र बुटवलको ऐतिहासिक पद्म चैत्य विहार गएर साँझको बास त्यहि बस्यौं । २०८१ साल २४ गते शनिबार मुखअष्टमीको दिन विहारबाट विहान ७ बजे बुटवलको पद्म चैत्य विहारका आवासिय अनागारिका शान्तिवतीको नेतृत्वमा म, मेरी श्रीमति सहित ६ जना भारतको सुनौली लाग्यौं । ८ बजे सुनौली पुगेर चेक जाँच गरी बोर्डर पार गरी ८ः३० बजे सुनौलीबाट कुशीनगर जान अगाडि बढियो र बिहानको ११ः०० बजे भगवान बुद्ध परिनिर्वाण भएको ठाँउ कुशीनगरमा ज्ञानेश्वर बुद्ध विहार पुगियो । त्यहाँ श्रद्धेय भिक्षु महेन्द्रज्यू आवाशिय भिक्षुसँग भेट भयो । केहि समय भलाकुसारी गरी विहानको भोजन पश्चात त्यस विहारबाट बुद्ध परिनिर्वाण भएको ठाउँ अथवा दाहासंस्कार गरिएको ठाँउमा रामभारमा दर्शन गर्न पुगियो । त्यस ठाउँमा शील प्रार्थना, बुद्धपुजा, ध्यान र चिवर दान गरी उक्त पवित्र ठाउँमा दर्शन गरी त्यहाँबाट भगवान बुद्धको परिनिर्वाणको मूर्ति भएको मुख्य विहारमा पुगि दर्शनसँगै बुद्ध पुजा र ध्यान गरी त्यहाँबाट कुशीनगरको प्रमुख श्रद्धेय भन्ने ज्ञानेश्वर महास्थविरज्यूको विहारमा गई ज्ञानेश्वर भिक्षुसंग भेटघाट गरि साँझ महेन्द्र भिक्षुको विहारमा आई महेन्द्र भन्तेको आनन्द कुटि विहारमा अवलोकन गरी साझँको विश्राम अग्गमहा पंडित भदन्त ज्ञानेश्वर महाथेरो बर्मिज विहारमा बिश्राम गरियो ।
कुशीनगर
२०८१ कार्तिक २५ गते महेन्द्र भिक्षुको विहारबाट हामीहरु भगवान परिनिर्वाण भएको आनन्दकुटि महाविहारमा सबैले मिलेर भगवानलाई चिवर चढाई शिल प्रार्थना, बुद्धपुजा गरी भगवानलाई आरधना गरी त्यस ठाँउबाट ज्ञानेश्वर भन्तेज्यूको विहारमा कठिन महोत्सव एंव ज्ञानेश्वर भन्तेज्युको ८९ बर्षको जन्मदिनको भव्य कार्यक्रममा भाग लिने शु–अवसर प्राप्त भयो । त्यो कार्यक्रम देख्न पाउँदा जीवनमा मैले कहिले नदेखेको कठिन दान उत्सवको श्रद्धा भएको देख्ने अवसर पाएँ । विहान भोजन प्रश्चात भगवान बुद्धको परिनिर्वाण अगाडि नुहाउनु भएको ठाँउ, भगवान बुद्धको अस्थिधातु बाडफाँड गरेको ठाँउमा दर्शन गरि अन्य विहारको अवलोकन गर्न सुअवसर प्राप्त भयो । त्यहि दिन साँझ ६ बजे सारनाथ विहारका प्रमुख भिक्षु चन्दिमा महास्थविज्यूको गाडीमा साथै बसेर सारनाथ सोहि दिन साँझ ११ बजे सारथानमा चन्दिमा भन्तेको विहारमा बास बस्न पुगियो । भोली विहान २०८१ कार्तिक २६ गते सोमबार, विहान त्यस विहारबाट प्रस्थान गरी भगवान बुद्धको सम्यक सम्वोधि यानी बुद्धत्व ज्ञान प्राप्त गरिसकेपछि पहिलो धर्मदेशना गर्नुभएको ठाउँ पवित्र स्थल धम्मेक स्तुप पुगी हामीहरु सबै जनाले शान्तिवती अनागारीका गुरुमाँको अगुवाईमा शिलप्रार्थना, बुद्धपुजा, परित्राण पाठ, १० मिनेट ध्यानको अभ्यास गरियो र पवित्र ठाँउको दर्शन गर्न सुअवसर पाईयो । त्यस ठाँउमा केही समय बिताई मृगदा वनमा रहेको मृगहरुलाई खाना दान गरियो भने त्यस पवित्र ठाँउबाट निस्किएर ध्यानकुटी विहारमा पुगियो । त्यहाँ लुम्बिनीका भिक्षु श्रीलंकन नन्दस्थविर संघ भेटभयो र भगवान बुद्धको पहिलो धर्मदेशना गर्नुभएको पञ्चवर्गिय भिक्षुहरु भएको मूतिको दर्शन गर्ने शु– अवसर समेत प्राप्त भयो । त्यसपछि अन्य विहारमा र बजारमा घुमघाम गरी साँझ चन्दीमा भन्तेज्यूको धम्म शिक्षण केन्द्र सारनाथ वारायणी विहारमा साँझको विश्राम गरियो । २०८१ कार्तिक २७ गते मंगलबार विहान बनारसको अस्सीघाट दर्शन गर्न सुअवसर प्राप्त भयो । श्रावस्तीका श्रद्धेय भन्ते सोरुपानन्द महास्थविज्यू भिक्षुसंग उहाँको विहारमा भेटघाट, भलाकुसारी गरियो । दिउँसो भगवान बुद्धको नाममा रहेको सारनाथको संगाहलयमा रहेको पुरानो भगवान बुद्धको मूर्ति आदीहरुको अवलोकन गर्नै सुअवसर प्राप्त भयो । सारनाथ घुमघाम गरी चन्दीमा भन्तेज्यूको धम्म शिक्षण केन्द्र सारनाथ वारायणी विहारमा साँझको विश्राम गरियो । २०८१ कार्तिक २८ गते बुधबार विहान सारनाथको मूलगंध कुटी विहारमा गई सम्यकसबुद्ध भगवान बुद्धको दुर्लभ अस्थी धातुको दर्शन गर्ने सुअवसर हामीलाई प्राप्त भयो । त्यस दिन हामी सबैजनाले आफूलाई निकै भाग्यमानी भएको महसुस ग¥यौं र त्यसपछी भगवान बुद्धको सारनाथको मूख्य ठाँउ भगवान बुद्धले पञ्च बर्गिय भिक्षुहरु लाई पहिलो धर्म प्रवचन गर्नुभएको ठाँउमा गएर हामीहरुले शिल प्रर्थाना, बुद्धपुजा, परित्राण पाठ १० मिनेटको आनापाना ध्यान अभ्यास गरी गुरुमा शान्तीवतीज्यूबाट धर्मप्रवचन सुनेर त्यहाँबाट फर्किएर विहानको खाना पछि साँझ ४ बजे अस्सी घाटमा गई त्यहाको गंगामा साँझ ७ बजे आरती हेर्न हामी गुरुमाँ शान्तीवती, म सरोज र सगुन ३ जना गई डुँगामा प्रति ब्यक्ति रु.५००।– आई सी, दिएर डँुंगामा बसी साँझको ६ बजे देखि ९ः३० बजेसम्मै डुँगामै बसि घुमघाम गरी आरती गंगालाई दिएको अवलोकन गर्ने सुअवसर हामीलाई प्राप्त भयो । त्यस वाराणसीको अस्सीघाटमा साँझको आरती दिएको हेर्नका लागि विभिन्न ठाँउका भक्तजनहरु धेरै मात्रामा आउनु हुने रहेछ र वारायणी (बनारस) जाँदा हेर्न छुटाउने नहुने एक ठाँउ त्यो पनि रहेछ । त्यसपछि फेरी साँझ १० बजे धम्म शिक्षण केन्द्र सारथान बाराणसी आई साँझको विश्राम गरियो ।
सारनाथ
२०८१ कार्तिक २९ गते विहिबार, हामीहरुको बसेको विहार धम्म शिक्षण केन्द्र सारनाथ बाराणसीको विहारका प्रमुख भिक्षु चन्दीमा महास्थविरको कठिन महोत्सवमा भाग लिएर हामीहरुले पनि चिवर दान गर्न शुअवसर प्राप्त भयो । दानदिनु पर्ने चिवर त्यस ठाँउमा रु.५०० आई. सी.मा त्यही उपलव्ध हुँदोरहेछ त्यस कठिन दान उत्सव दाता बम्बईको एक ठूलो व्यापारीबाट भएको थियो । करिब उपासक ८०० उपासिका ९०० जनाको बृहद उपस्थीती रहेको थियो । भिक्षुहरु पनि करिब २०० जनाको सहभागीता रहेको थियो । सोहि दिन घम्म शिक्षण केन्द्रको मूलगेटको समुद्घाटन र पहिलो तल्लाको भगवान बुद्ध परिनिर्वाण हुनुभएको मुर्तिको पनि सारनाथ स्थित थाई भिक्षुबाट अनावण गरिएको थियो । त्यसपछि हामीहरु सारनाथको बाँकी रहेको विभिन्न विहार र बजारको घुमघाम पछि साँझ विहारमा आई आराम गरियो ।
बुद्धगया
२०८१ कार्तिक ३० गते कार्तिक पूर्णिमा शुक्रबारको दिन सारनाथबाट बिहानको ७ : १५ को ट्रेनबाट बुद्धगया गयौं । हामी बस्ने विहार जान राष्ट्रपाल भन्तेको विहार भनेपछी बुद्धगयाका ८०% अटो, गाडीवालाहरुले चिन्दो रहेछ । अन्तर्राष्ट्रिय साधना केन्द्र, विहारका आवशिय प्रमुख भिक्षु शासनपाल महास्थविर संग भेट भई उहाँले हामीहरुलाई आवास, खानाको प्रवन्ध गराई दिनुभयो । त्यही हामीहरु बसरे विहानको खान पछि बुद्धगयाको प्रमुख ठाउँ भगवान बुद्धको बुद्धत्व प्राप्त गर्नु भएको ठाँउमा महाबोधी मूल विहारमा पुगियो । भगवान बुद्धको बुद्धत्व प्राप्त गर्नुभएको ठाउँ, पिपलको बोट ध्यान गर्नु भएको ठाउँ, चंक्रमण गर्नु भएको ठाउँ, आँखा खोली ध्यान गर्नुभएको ठाउँ र त्यहाँको विहार स्टुपमा भित्र जाँदा मलाई कुन ठाँउमा आएको रहेछु मैले सुनेको मात्र थिएँ । आज प्रत्यक्ष देख्न पाउँदा मैले त्यहाँको वणन गर्ने शब्द नै भेटिन । त्यस ठाउँमा विदेशी बर्मा, थाईल्याइ, भारतको विभिन्न ठाँउका भक्तजन, श्रीलंका आदीका भिक्षु उपासक उपासिका त्यहाँ बसी भगवान बुद्धको आरधना गरेको देख्दा हामीहरु धेरै नै पछाडी भएको अनुभव भयो र हामीहरु पनि शिल प्रर्थाना, बुद्धपुजा, १० मिनेटको ध्यान अभ्यास, गुरुमाँज्यूबाट धर्मप्रवचन सुनी त्यस ठाँउमा ४ घण्टा बिताएको पत्तै भएन । आजभन्दा २६ सयवर्ष अगाडिको पिपलको बोट जहाँ भगवान बुद्धले बद्धत्व प्राप्त गर्नुभएको ठाँउ देख्न पाउँदा मेरो जीवनको ठूलो लक्ष्य पुरा भएको मैले ठानें । त्यस पिपलको बोटको पात हरियो वा सुकेको पात एक खस्न नपाउँदै भक्तजनले लिएर प्रसादका रुपमा राख्दो रहेछ । मैले पनि सुकेको २ वटा पाट प्राप्त गर्न सुअवसर पाएँ । त्यस ठाउँको कुन भाषा र शब्दबाट बणनगरुँ मसँग शब्द र भाषा पनि छैन मैले केवल मस्वयंलाई भाग्यमानी ठानें । त्यस ठाउँमा पुग्न पाउनु नै ठूलो अहोभाग्य रर्यो र त्यसपछी साँझ सामान्य बजार घुमघाम गरी साँझ अन्तर्राष्ट्रिय साधना केन्द्र, सासनपाल भन्तेज्यूको विहारमा आई आराम विश्राम गरियो । त्यस दिन कार्तिकको पूर्णिमाको दिन पनि रहेको थियो ।
२०८१ मंसिर १ गते शनिबार, बुद्धगयाको अन्तर्राष्ट्रिय साधना केन्द्रबाट विहानै गाडी (रिजर्व ४३ सयमा) रिर्जव गरी गरौँ र त्यहाँ विहानै सुवर्ण भण्डार शुदर्शन महाराजाको दरबार रहेको ठाउँ पुग्यौं जहाँ मुसलमानहरुले दरबार भित्र रहेको भिक्षु र अन्य उपासक र उपासिकाहरुलाई ढोका बन्द गरी नरसंहार गरेको थियो, त्यहाँ अवलोकन गरियो र त्यसपछि भगवान बुद्धको पालाको विश्वविद्यालय नालन्दा महाविहारको भग्नावशेष पुरातत्व सर्वेक्षण रहेको ठाँउको अवलोकन गर्न पुगियो । मैले कल्पना गर्न पनि सकिन त्यस बखत कसरी बनाएको होला त्यो ठाउँ तानसेन पाल्पा बजार जति ठूलो ठाउँमा भग्नावशेष विहारहरु थियो । त्यस नालन्दा विश्वविद्यालयमा अहिले पनि बुद्धधर्मका विषयमा पठन पाठन हुँदो रहेछ र मैले १० वटा भग्नावशेष विहारको अवलोकन गरे तर अरु पनि त्यस्ता धेरै ठाउँ बाँकी छ । हामीले कल्पना पनि गर्न गाह्रो छ । सयै वर्ष अगाडि त्यस ठाँउमा त्यस विश्वविद्यालय कसरी बनाएको होला । त्यस ठाँउलाई भारतीय सरकारले संरक्षण गरी राखेको छ । त्यसपछि विहानको खाना पछि तातो पानीमा नुहाउने ठाँउ सप्त घाट ब्रह्म कुण्ड (तातो पानीले नुहाउने पोखरी) अवलोकन गरी त्यहाँबाट केवलकार प्रति व्यक्ति १२० आई. सी. बाट शान्ति स्तुपाको दर्शन गरियो भने देवदत्तले भगवान बुद्ध हिंडिरहेको बखत माथीबाट ढुङ्गाले खसालेको ठाँउ गृद्धकुट पहाड अवलोकन गरेपछी भगवान बुद्धले ६ वर्षसम्म केही पनि नखाई गृद्धकुट पहाडको ओढारमा ध्यान गर्नु भएको ठाउँमा पुगियो त्यहाँ जानका लागि शान्तीवती गुरुमाँ र मेरी श्रीमती सुगुन देवी शाक्यलाई पाल्कीमा बोकाएर हामीहरु पैदल हिंडेर भगवान बुद्धले ६ वर्ष तपश्या गर्नु भएको अति नै महत्वपूर्ण (आजकल हुँगेश्वररी मन्दीर भन्दो रहेछ) त्यस ठाउँको दर्शन गर्ने सुअवसर प्राप्त भयो । त्यस ठाउँ २६ वर्ष अगाडि कसरी त्यस ठाँउको ढुगाको पहाडलाई सानो ढोकाबाट भित्र जाँदा कोठा भएको कसरी त्यस बखत बनाएको होला मैले अनुमान नै गर्न सकिन । भगवान भएकाले बुद्धको ध्यान गर्ने स्थल गर्दा बर्मेलीहरुले त्यस ठाउँ बनाई दिएको भन्ने सुन्नमा आयो । सत्य असत्य मलाई थाहाँ भएन । अहिलेको जमानामा त्यस्तो ठाँउ बनाउन त मसिनको माध्यमबाट सजिलो होला २६ सय वर्ष अगाडि कसरी बनाएको होला । हामी सबैले त्यस ठाउँमा भगवान बुद्धले आफ्नो शरीरमा हाड र छाला मात्र बाँकी रहेर ध्यान गरेको दूर्लभ ठाउँको दर्शन गर्ने सुअवसर प्राप्त भएकोमा मैले आफूलाई सारै भाग्यमानी थानेको छु । तपाईहरु पनि एकपल्ट जार्नपर्ने ठाउँ हो मैले अनुरोध गर्न चाहन्छु । यसरी नालन्दा,उरुबेलवन,गृधकुट तातोपानीको ठाँउमा दर्शन गरी साँझ ६ बजे अन्तर्राष्ट्रिय साधना केन्द्र, सासनपाल भन्तेको विहारमा आएर आराम गरियो ।
२०८१ मंसिर २ गते आईतबार, विहान बुद्धगयाको मुख्य विहार भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको महाबोधी बुद्ध विहारमा गई फेरी शिल प्रार्थना बुद्धपुजा, ध्यान अभ्यास, धर्मप्रवचन सुनि विहानको सम्पूर्ण समय त्यहि महत्वपूर्ण ठाँउमा बितायौ । त्यहाँबाट विहानको खानापछि भगवान बुद्धलाई खिरदान दिने सुजाता उपासीका जन्म स्थानमा रहेको सुजाता स्तुपको दर्शन गरियो र सुजाताको विहारमा गई भगवान बुद्धलाई खिरदान गर्नु भएको ठाउँ दर्शन गरियो । त्यहाँ प्रत्येक दिन त्यस गाउँका गाईको दुध खिरदान गर्न प्रत्येक दिन चढाउने प्रचलन रहेछ र उपासक उपासिंकाहरुले आफूले सकेको दान प्रदान गर्ने चलन पनि रहेछ । त्यसपछि भगवान बुद्ध ध्यान बस्नका लागि किसानले कुस दान गरेको विहार BUDDHA GRASS TEMPLE को दर्शन गरियो त्यसपछि तानसेनको आनन्द विहारमा केही समय बस्नु भएको भिक्षु बस्नु भएको बुद्धगयाको जापानिज विहारको दर्शन अवलोकन गरियो र Sleeping Buddha भगवान भएको भारतको सबैभन्दा ठूलो मूर्ति भएको विहारको दर्शन गरियो । त्यसपछि साँझ पख बुद्धगयाको बजार घुमघाम गरी सासनपाल भन्तेको विहारमा आरम गरियो ।
२०८२ मंसिर ३ गते सोमबार, बुद्धगयाबाट सारथानसम्म ट्रेनबाट यात्रा गरी फेरी सारनाथको धम्म शिक्षण केन्द्र सारनाथन बाराणसीमा साँझको आराम गरियो । २०८२ मंसिर ४ गते विहान ८ बजेको रोडवेज बसबाट बाराणसीमा सारनाथबाट साँझ ६ः३० बजे सुनौली बजार आइयो र चेक जाँच पछि ८ बजे सुनौलीबाट बुटवलमा गाडीबाट साँझ ९ बजे बुटवल बसपार्क पुगियो । त्यसपछि ईरिक्साबाट बुटवलको बसपार्कबाट बुटवल, पद्मचेैत्य विहारमा गई विश्राम गरियो २०८२ मंसिर ५ गते विहान बुटवलबाट तानसेन घरमा विहान ८ बजे आईयो । यसरी १३ दिनको हाम्रो धार्मिक भ्रमण समाप्त भयो ।
अन्तमा, म मेरो परिवारको धार्मिक भ्रमणको व्यवस्थापन मिलाई दिनुभएका मेरी श्रीमती सगुन देवी शाक्यको दिदी बुटवल पद्मचैत्य विहारका आवसिय अनागारिका शान्तीवती गुरुमाँ, चागा गुरुमाँ, कुन्दला गुरुमाँलाई मेरो परिवारको तर्फबाट हृ्दयदेखी साधुवाद व्यक्त गर्दछु । उहाँहरुले हामी दुईलाई सरल तरिकाबाट कुशीनगर सारनाथ ,बुद्धगया आदि ठाँउमा दर्शन गराउन खेलेको भूमिकालाई हामी दुवैजनाले मेरो जिन्दगी रहुन्जेलसम्म सम्झना स्वरुप भित्री मनमा राखी रहनेछु । हामी गएको सम्पूर्ण ठाँउमा तपाईहरु पनि एकपल्ट जानुभएर पुण्य गर्नु होला भनि अनुरोध गर्नु चाहान्छु । जीवनमा कम्तिमाएक पटक जानैपर्ने ठाँउ रहेछ अतः हामी बौद्धमार्गीहरु लाई सो यात्रा पछि गुरुमासंग जान पाउँदा मलाई मेरो फुपू गुरुमाँ खेमाचारीज्यूको सम्झना आयो २००२ सालमा बर्मामा गई अध्ययन गरी शाक्यानन्द भन्ते, अमृतानन्द भन्तेसंग जानु भई कुशीनगरको चन्द्रमणी भन्तेज्यूमा गुरुँमा भई २००५ सालमा नेपाल तानसेन फर्कनु भएर २००६ साल जेठ ४ गते सोमबार परलोक हुनु भएका गुरुमाँ तानसेन पाल्पाको पहिलो अनागारीका मेरा फुफु भएको नाताले पनि मेरे श्रीमतीको दिदी गुरुमाँ शान्तीवतीज्यू संग सो ठाँउमा जान पाउनु म स्वयंलाई नै धेरै भाग्यमानी ठानेको छु । भगवान बुद्धले भन्नु भए बमोजिम बुद्धजन्म स्थल लुम्बिनी (नेपाल) बुद्धत्व लाभ भएको बुद्धगया (उत्तर प्रदेश भारत) धर्मचक्र प्रवर्तन स्थल सारनाथ (भारत) तथा बुद्ध परिनिर्वाण स्थल कुशीनगर (भारत) यी ४ संवेजनीय स्थल तीर्थस्थल रुपमा घुम्नु समस्त बौद्ध मार्गीहरुको लागी अत्यन्त लाभदायक हुने भएकोले मानवजीवनमा कम्तीमा एक पटक अवश्य पनि यी ४ महत्वपूर्ण बौद्ध तीर्थस्थलमा तपाईहरु पनि घुम्नु भई आफ्नो मनलाई आनन्दीत धम्मचित्त उत्पन्न गराउनु होला ।
धन्यवाद । भवतु सब्ब मंगलम ।