Shittalpati
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !

सरोज पन्थी । 

तम्घास, गुल्मी

देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो । कुरा दक्षिणी वा उत्तरी छिमेकीको हैन, यो त आफ्नै देशमा जुँगौदेखि दक्षिणी र उत्तरी छिमेकीको चलखेलमा सत्ता जोगाएका केही थान हरिलालहरूको होस जो आफू जनताको रगत साँचेर,सिँचाएर लाल भएको प्रष्ट पार्दै छन् । देश दुःखीरहेको बेला पनि सत्ताको गद्धीमा गिद्धले जस्तो सिनो कुरेर बस्नेहरू कसरी जननेता.? एक बर्ष अगाडि देशको नाम चलेको पत्रिकाले एउटा खबर छाप्छ–लिपुलेकमा भारतद्वारा सडक विस्तार अझ भनौ दक्षिणी सिमानामा भारतले बाटो विस्तार गरिराखेको छ । यसरी खबरहरू छापिने र छाप्ने क्रम अहिले पनि छ । बिडम्बना सत्तामा सिनो पोसेर बस्नेहरू,बसुञ्जेलसम्म यो क्रम चलिराख्ने छ । भारतको चर्को हेपाइ निरन्तरतामै छ ।

फेरिएको कोही छैन,केही छैन प्रम पनि उनै छन् । अनि नाकाबन्दीमा राष्ट्रवाादको वाद सिकाउँने प्रमलाई अहिलेको अवस्थाको जीकिर छैन् । होस् पनि कसरी प्रम न परे । प्रमलाई सत्ताको चाँसो छ,ओम्नी सँगको सहकार्यको चाँसो छ,विष्णु पौडेल,गोकुल बास्कोटाको चाँसो छ, बालुवाटारको चाँसो छस देशको सीमानाको चाँबी जो सुकैले खोले पनि के को खाँचो । सत्ता चलेकै छ,जीवन चलेकै छ । जीवन रोकियो भने मात्र आपत हो,देश आपूर्ति नै किन नहोस्, के को खाँचो..? प्रधानमन्त्री त सबै कुरामा विज्ञ हुनुपर्ने क्या अचम्मको बेलिबिस्तार सीमाना मिचिएकोमा अनभिज्ञ..? यो क्रम यस्तै हो, उहिले पनि अहिले पनि । जनतालाई मारेर सत्ता पाएकाहरूले जाबो एउटा देशको भाग काँटिदा के को रनथाप.? कुनै दिन देशको केक बनाएर काटेको दृश्यलाई अहिले भारत र चीन मिलेर सपनालाई साकार पारिदिएको जस्तो न हो । चीनले ऋणा लिएर तिर्न नसकेको श्रृलड़्काको कुनै भू–भाग काटे जस्तो न हो ।

एक टुक्रा जग्गामा जीवन धान्नलाई कृषि गर्ने मिहिनेती किसानलाई फरक पार्छ एक टुक्रा देशको जमिन मिचिदा । फरक पर्छ, विदेशी भूमिमा ज्यानको बाजी थापेर देशमा रोमिटान्स पठाएर देश चलाएको युवकलाई । फरक पार्छ तिनै स्वाभिमानीहरूलाई जसले देशका खातिर आफ्नो ज्यानलाई जोखिममा राखेर देशको सीमामा रक्षा गरिराखेका छन् । सत्तामा लिप्त भएकाहरू लिथ् जस्तै हुन,जसलाई रगतको आश रहिरहन्छ । रगत पिएर रगतकै स्वादमा मात लागेकाहरूलाई एक मुठ्ठी माटोको के स्वाद..? चाहे शेर हुन,अथवा बहादुर हुन । वा त दाहाल हुन या त ओली हुन देशले यो पुस्ताबाट निकासको बाटो अब कदापि खन्दैन् । प्रचण्ड सधैव चुलीमा बस्न चाहान्छन् । उनी चुलीमा बस्न नपाएको दिन अथवा नपाएको समयमा उनको घरको धुरी हल्लिन्छ । शेरबहादुरलाई ज्योतिषले सात पटक प्रम बन्छस् भनेर फुर्काइदिएका छन् उनी दड़्ग छन,जहाँ छन् दड़्गै परून् । जिल्ला पारिदिने गगनहरूमा सायदै हिम्मत नहोला ।

जे होला आगामी महाधिवेशनले दुध वा पानी सबै छुट्टाउँने छ । वर्तामान देशका एक मात्र राट्रवादी उनको उत्थानले अब देश उकासिन्न । पानीजहाज पानीमै डुबेर चल्ने हो,देश डुबाएर देशको भलो गर्छु भन्नेहरूको शैली र शासन देखि सकियो । कवितामा कल्पना सजाएर भाव देखाउँनु फरक छ । भाव मुटुबाट आउँछ । भाव आउँनलाई भावना पनि जाग्नु पर्छ । देशकै भावना नहुनेहरूले र नबुझ्नेहरूले देश सपार्छन भनेर कसरी विश्वास गर्नु..? एकातिर कोरोनाको जटिलता अर्को तिर सत्ताको दौडधुप जहाँ पनि जहिले पनि मारमा पर्ने वा मर्ने जनता हुन् । सत्ताको आडमा,जनतालाई बलिदानको संघारमा पुराएर गिद्धको शासन गर्नेहरू कसरी नेता.? कस्को नेता.? कस्तो राजनेता..? फरक छ, यो देशलाई केही दिनु र यो देशबाट सबै लिनुमा । अहिलेका मैहुम भनेर हुकुको शासनमा जनतालाई बाख्रा बनाएर बाघचाल खेल्नेहरूबाट देशले के पायो.? जनताले के पाए.? दिन रात मजदुरी गरेर माटोलाई माटोको रड़्ग दिने किसानबाट सिकून अहिलेका सो कल्ड प्रधानमन्त्री, मन्त्रीहरूले..!!

माटोको रड़्ग मुटुमा हुनु पर्छ,देशको रड़्ग मुटुमा हुनुपर्छ.!!!

देशलाई मुटुमै नराख्नेहरूको मुटुको आकार कत्रो होला.? कस्तो होला.?

अब बुझ्ने बेला आएन र .?

अब बुझाउँने बेला आएन र .?

इट्स आवर कन्ट्री.!!!

जय देश, जय स्वाभिमान.!!!

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update