Shittalpati
विश्व विज्ञान दिवसको सन्दर्भ

प्रत्येक वर्ष १० नोभेम्बरका दिन मनाइने शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज बिहीबार विश्वभर मनाइँदै छ । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको यो दिवस सन् २००१ मा युनेस्कोले आह्वान गरेपछि पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो । यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ ।

समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतालाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ । यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पु¥याउँछ । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेको छ । यस्तो अवस्थामा प्रभावकारी ढङ्गले हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउन सके यसले निश्चय पनि नेपाली समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न मद्दत पु¥याउनेछ । अन्यथा यो दिवस पनि अन्य धेरै प्रकारका वार्षिक दिवसजस्तै प्रभातफेरी वा शहर परिक्रमा जस्ता औपचारिकतामा मात्र सीमित हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update