Shittalpati
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

नारायणपुर । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएकोे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए । चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।  -रासस

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update