Shittalpati
फेरि वाम एकताका कुरा

नेपालको राजनीति बुुझिनसक्नुु छ । राजनीतिज्ञहरू हिजो हिंडेको बाटो आज हिंड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यसकारण पनि राजनीतिक अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्तारुढ गठबन्धन छोडेर केपी ओलीसँग कुनै पनि हालतमा मिल्न जाँदैन भनेका थिए तर त्यो भनेको केही दिनमै उनी प्रधानमन्त्री बन्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउन पुगे र आफ्नो विद्यमान गठबन्धनलाई भताभुङ्ग बनाइदिए । जसबाट असम्भव नै नभए पनि अनपेक्षित रूपको नयाँ गठबन्धनको सरकार बन्यो । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो दल माओवादीले सरकार गठन गरेको छ । उसले स–साना दलहरुबाट समर्थ जुटाएर अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन त ग¥यो, तर यो सरकार कति टिक्ला, यसै भन्न सकिन्न । साबिक गठबन्धन भत्किएझैं यो गठबन्धन पनि भत्केर पुरानै गठबन्धन फेरि सत्तारूढ हुने स्थिति पो आउँछ कि, त्यो पनि थाहा छैन । अथवा मध्यावधि चुनाव पो हुन्छ कि, त्यो पनि भन्न सकिन्न । तर सरकार जसको रहे पनि अर्को आम चुनाव हुनु अगाडिसम्म ‘वाम एकता’ देशमा सबैभन्दा चर्को गरी लाग्ने राजनीतिक नारा चाहीं हुने निश्चित छ ।

सरकारले पूर्णता नपाउँदै अहिले वाम एकताका कुराहरु फेरि सुरु भएका छन् । जुन कुरा पत्याउने कि नपत्याउने ? दोधार बनाएको छ । यस अघिको वाम एकताको घटनालाई हेर्ने हो भने पनि पत्याउन गाह्रो छ । अहिले एकता पहलका लागि कार्यदल बन्ने र बनाउने प्रक्रिया समेत सुरु भइसकेको छ । सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीले पार्टी एकताका लागि आ–आफ्ना कार्यदल निर्माण गरिसकेका छन् । उता, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि वाम एकताका लागि पहल अघि सारेको छ । यसरी अचानक एकताको परिवेश निर्माण हुनुुले वाम एकता होला कि भन्ने पनि छ तर विगतका घटना हेर्दा यो दलहरुको नारा मात्र हो भन्ने पनि आम बुुझाई छ । यस अघि बहुमतको वाम सरकार ढलेपछि देशभरका जनतामा वाम शक्तिप्रति वितृष्णा र नैराश्यता छाएको अवस्थामा अहिले फेरी नेताहरूको पदलोलुपताका कारण वाम एकता होला भनेर कसरी विश्वास गर्ने ? नेपालको वर्तमान राजनीतिक परिवेशमा यो सम्भव देखिए पनि विगतका सोच र अभ्यासले विचार पु¥याएर मात्र परिपक्क कर्म गर्नुपर्ने गम्भीर पाठ भने सिकाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update