Shittalpati
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ बनाउन सरकार समक्ष सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष संगीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो ।
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
सिलिण्डर बोकेको ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु
सिलिण्डर बोकेको ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो ।
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो मध्य ग्रीकमा गत मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।
रेल दुर्घटनामा ३२ को मृत्यु
रेल दुर्घटनामा ३२ को मृत्यु ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
तपाईंको मास्क खोइ अभियान फेरि सुरु
तपाईंको मास्क खोइ अभियान फेरि सुरु ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना
यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।
Weather Update