सामूहिक बाख्रापालनमा महिलाको अग्रसरता
आइतबार, भदौ १९, २०७९
कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’
आइतबार, भदौ १९, २०७९
के तपाई घरमै बसी धेरै कमाउन चाहनुहुन्छ ? के आफुसँग भएको सानो रकमबाट सुरक्षित तरिकाले धेरै रकम बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि कुमारी बैंकले ल्याएको छ आकर्षक निक्षेप मुद्दती योजना । बैंकले मुद्दती निक्षेप योजना अन्तर्गत डबल हुने धनवृद्धि मुद्दती योजना ल्याएको हो ।
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो
शनिबार, भदौ १८, २०७९
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।
तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता
शनिबार, भदौ १८, २०७९
नेपाली काँग्रेसको भातृ सस्था नेपाल महिला संघ रामपुरको आयोजनामा २९ औं खुल्ला तिज गीत प्रतियोगिता भएको छ । संघले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रामपुरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्द्घाटन गरेकी हुन् ।
बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
शनिबार, भदौ १८, २०७९
स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।
रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
शनिबार, भदौ १८, २०७९
रामपुर नगरपालिका–६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए । तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका...
पाल्पाली साहित्यकार रेग्मीको काठमाडौंमा ‘अलिकति ’ कृति विमोचन
शुक्रबार, भदौ १७, २०७९
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ काठमाडौंमा विमोचन भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
पाल्पा–बुटवल सडक : गाडी सञ्चालनमा मुस्किल
शुक्रबार, भदौ १७, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलास्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिए पछि गाडी सञ्चालनमा मुस्किल परेको छ । बिहीबार निरन्तरको वर्षापछि भासिएको सडकमा माथिबाट पहिलो खसिरहेपछि गाडी सञ्चालनमा मुस्किल परेको हो ।
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
बगनासकाली गाउँपालिकाले एक सय दिनमा भएका कामहरु तथा उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनको समयमा निति कार्यक्रम बजेट निर्माणदेखी ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
शुक्रबार, भदौ १७, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी विहीबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् ।


