अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
शुक्रबार, भदौ ३१, २०७९
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप
शुक्रबार, भदौ ३१, २०७९
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत
शुक्रबार, भदौ ३१, २०७९
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए ।
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
बिहीबार, भदौ ३०, २०७९
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
बिहीबार, भदौ ३०, २०७९
नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।
लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति
बिहीबार, भदौ ३०, २०७९
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन दलहरुले लुम्बिनी प्रदेशका अधिकांस ठाउँहरुमा सहमति गरेका छन् । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार प्रदेशका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो । लुम्बिनीका २६ सिट मध्ये सहमति अनुसार १२ सिट नेपाली काँग्रेस, ६ सिट...
राष्ट्रियसभा : दुई विधेयक पारित
बिहीबार, भदौ ३०, २०७९
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ
बिहीबार, भदौ ३०, २०७९
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१...
बच्चा चोरको अफवाह
बिहीबार, भदौ ३०, २०७९
गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका...
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा
बिहीबार, भदौ ३०, २०७९
जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले...
दुर्गममा वडाको सम्पर्क कार्यालय
बिहीबार, भदौ ३०, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।
दराजको दसैं धमाका
बिहीबार, भदौ ३०, २०७९
अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई...


