Shittalpati
अन्धविश्वासले सडकमा पुर्यायो
अन्धविश्वासले सडकमा पुर्यायो बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा...
आज विश्व खाद्य दिवस मनाइँदै
आज विश्व खाद्य दिवस मनाइँदै विभिन्न कार्यक्रम गरी आज ४२ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिएको हो ।
रकम हिनामिना गर्ने कानुनी दायरामा
रकम हिनामिना गर्ने कानुनी दायरामा माछापुच्छ्रे बैंकले शाखारहित बैंकि केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले...
हाम्रो लोकसंस्कृतिक : सराय र यसको सम्झना
हाम्रो लोकसंस्कृतिक : सराय र यसको सम्झना नेपालको सामाजिक लोक जीवनमा विभिन्न खालका पहिचानहरू स्थापित हुँदै आएका छन् । लोक सुहाउँदो संस्कार र संस्कृतिको संगम भएका परिदृष्य हाम्रा सामु प्रसस्तै छन् । ऐतिहासिक तथा सांस्कृतिक जीवनका प्रत्येक कालखण्डहरूमा मानवलाई साथ दिने भनेकै सम्बन्धित् स्थानको लोक संस्कार, संस्कृति र स्थानीय परम्पराले हो ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो ।
तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु
तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका–२ हापुरस्थित तारे जंगलमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको ज्यान गएको छ । शुक्रबार साँझ साथीसँगै जंगलमा अरिङ्गाल पोल्न गए हापुरका ३० वर्षीय विष्णु सारुको रुखबाट लडेर ज्यान गएको हो ।
ग्रामीण महिला दिवसको सार्थकता
ग्रामीण महिला दिवसको सार्थकता नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई...
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।
Weather Update