Shittalpati
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण
आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।      
दुर्घटनामा चालकको मृत्यु
दुर्घटनामा चालकको मृत्यु अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 
दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज
दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज  दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएक छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए । 
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई रु १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए । 
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । 
प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग
प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग...
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
Weather Update