Shittalpati
आजदेखि सरकारी खाता रोक्का
आजदेखि सरकारी खाता रोक्का यही असार २४ गते मध्यरात (आज) देखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन...
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान    
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान     अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । विहीबारराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ ।
भागदौड मच्चिँदा २७ जनाको मृत्यु
भागदौड मच्चिँदा २७ जनाको मृत्यु उत्तर प्रदेशको हाथरसमा मंगलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ । घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । 
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
Weather Update