एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
शनिबार, असार २९, २०८१

सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
-1720764734.jpg)
कास्की पहिरो : पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु
शुक्रबार, असार २८, २०८१
कास्कीका विभिन्न स्थानमा विहीबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १०, १९, ३२ र मादी गाउँपालिका –११ मा पहिरोेमा परी ११ जनाको मृत्यु भएको हो ।
लेदोसहितकोे ढुङ्गा लागेर बस चालकको मृत्यु
शुक्रबार, असार २८, २०८१
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

चितवन पहिरो ः बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
शुक्रबार, असार २८, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
बुधबार, असार २६, २०८१
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू
बुधबार, असार २६, २०८१
गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’
मंगलबार, असार २५, २०८१
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
मंगलबार, असार २५, २०८१
सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए ।

वर्षाका कारण रोकियो नारायणगढ –बुटवल सडकको काम
मंगलबार, असार २५, २०८१
निरन्तर परेको वर्षाको कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए ।

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
सोमबार, असार २४, २०८१
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

आजदेखि केही दिन मनसुन क्रमश : निष्क्रिय हुँदै
सोमबार, असार २४, २०८१
जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।