Shittalpati
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो

पाल्पा, जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।

बेहोस उनलाई जिल्ला अस्पताल लगिएकोमा डाक्टले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update